- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसातजनाले मात्रै बुझाए हतियार

सातजनाले मात्रै बुझाए हतियार

- Advertisement -spot_img

घोराही, १८ मंसिर । दाङमा सातजनाले मात्रै हतियार बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा सरकारसँग ईजाजत लिएर राखेका सातजनाले मात्रै हतियार बुझाएका हुन् । मंसिर १४ गते भएको उपनिर्वाचनमा कुनै पनि अपराधिक गतिविधि नहोस् भन्नको लागि हतियार बुझाउन अनुरोध गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले मंसिर १४ गते भएको उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार बुझाउन अनुरोध गरेको थियो । तर सातजनाले मात्रै हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा २२ बोर, २ नाल गरी दुईथान बन्दुक, ४ थान एकनाले बन्दुक, एकथान एकनाल भरूवा बन्दुक, एकथान इटालियन सटगन बन्दुक गरी सातजनाले मात्रै हतियार बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङमा रहेको हतियार विवरण अनुसार ८ सय ९३ जनासँग वैध हतियार छ । प्रशासनमा रहेको हतियार विवरण अनुसार एक व्यक्तिसँग तीनवटासम्म हतियार रहेको छ । तर सातजनाले मात्रै हतियार बुझाएका छन् ।
बाँकीले भने हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिएका छन् । ‘हामीले उपनिर्वाचन हुनुभन्दा पहिले वैध हतियार भएकाहरूसँग हतियार बुझाउन अनुरोध गरेका थियौ’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतमले भने ‘धेरैले बुझाउनु भएको छैन,

उपनिर्वाचनमा मतदातालाई शान्ति सुरक्षाको दृष्टिले विश्वस्त गराउनको र उपनिर्वाचनलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न नभएसम्मको लागि नियन्त्रणमा राख्नुपर्ने भएकाले हातहतियार इजाजत लिई वैधरूपमा आफूसँग राखिएका हातहतियारहरू उप–निर्वाचन सम्पन्न भईसकेपछि फिर्ता लिने गरी सम्बन्धित सबैमा अनुरोध गरिएको थियो ।


बुझाएकाहरूले प्रक्रिया अनुसार पाउनु हुनेछ ।’ मंसिर १४ गते भएको उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार मंसिर १० गतेभित्र बुझाउन अनुरोध गरिएको थियो ।
उपनिर्वाचनमा मतदातालाई शान्ति सुरक्षाको दृष्टिले विश्वस्त गराउनको र उपनिर्वाचनलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न नभएसम्मको लागि नियन्त्रणमा राख्नुपर्ने भएकाले हातहतियार इजाजत लिई वैधरूपमा आफूसँग राखिएका हातहतियारहरू उप–निर्वाचन सम्पन्न भईसकेपछि फिर्ता लिने गरी सम्बन्धित सबैमा अनुरोध गरिएको थियो । धेरैजनाले आफूसँग भएको वैध हतियार नबुझाए पनि शान्तिपूर्ण उपनिर्वाचन भएको उनले बताए ।
हतियार बुझाएका व्यक्तिहरूले इजाजत प्राप्त हतियार फिर्ता लैजान सक्ने उनले बताए । जिल्लामा ८ सय ९३ जनासँग वैध हतियार छन् । त्यसमध्ये ६ सय ८२ जनासँग भरूवा बन्दुक छ भने २ सय ११ जनासँग १२ बोर, २२ बोर र पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यि व्यक्तिहरूले सरकारसँग इजाजत लिएर हतियार राखेका हुन् । सबैभन्दा बढी घोराहीका व्यक्तिले हतियार राखेको विवरणमा उल्लेख गरिएको छ ।
घोराहीमा ४९ जनाले इजाजत लिएर हतियार राखेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा भुपेन्द्रसिंह थापाले जानकारी दिएका छन् । त्यसैगरी तुलसीपुरमा २२ जनाले सरकारसँग इजाजत लिएर वैध हतियार राखेका छन् ।
‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन अनुरोध गरिएको थियो । प्रशासनमा रहेको हतियार विवरण एक व्यक्तिसँग तीनवटासम्म हतियार रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here