Saturday, April 20, 2024
Homeमुख्य खबरशान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी तिव्र

शान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी तिव्र

- Advertisement -spot_img

तुलसीपुर, १८ मंसिर । मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा हुन लागेको मानवअधिकार तथा शान्ति समाजको २२औँ राष्ट्रिय परिषद् बैठकको तयारी तिव्र पारिएको छ । परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय कार्यसमिति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी दुई सयभन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने भएको छ ।
मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयम्सेवी संस्था मानवअधिकार तथा शान्ति समाजको परिषद्को दाङमा हुने बैठकमा मानवअधिकार आन्दोलनको गन्तव्य, लागूऔषध/मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित कार्यक्रम तय भएको छ ।
मसिर २७ गते दिउँसो शान्ति पदयात्रा र २ बजे तुलसिपुरको बिएसएस पार्टी प्यालेसमा एक समारोहबीच कार्यक्रम उद्घाटन गरिने जिल्ला सचिव निर्मला योगीले जानकारी दिए । कार्यक्रमको समुदघाटन गर्न प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ आउने कार्यक्रमसमेत तय गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here