- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरइन्धनको मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो

- Advertisement -spot_img

काठमाडौँ, १८ मंसिर । नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य प्रतिलिटर २ रूपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन
(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले मूल्य बढाएको हो ।
‘नयाँ खरिद मूल्यमा केही बढेकाले सोमबार राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविक बिक्री मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएका छौं,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने ।
नयाँ मूल्यसूचि अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रूपैयाँ, डिजेल र मट्टितेलको ९७ रूपैयाँ तोकिएको छ । निगमका अनुसार आइओसीले खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा पनि मूल्य बढेको सूचि पठाएको छ ।
तर, एलपी ग्याँस र हवाई इन्धनको हकमा मूल्य यथावत राखेको प्रवत्ता गोइतले बताए । सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here