- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरबंगलाचुलीमा भौतिक विकासले गति लिदै

बंगलाचुलीमा भौतिक विकासले गति लिदै

- Advertisement -spot_img

कमिरेचौर, १८ मंसिर । दाङको बंगलाचुली गाउँपालिकामा भौतिक विकास निर्माणका कामलाई तिब्र गतिमा अघि बढाइएको छ । जस अनुसार अहिले गाउँपालिकाको केन्द्र कमिरेचौरमा १५ शंैयाको अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिका प्रशासनिक भवन निर्माणको काम, गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा कार्यालय भवन निर्माणको काम पनि भईरहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
गाउँपालिको १५ शैंया अस्पताल भवन र प्रशासनिक भवनको काम नव सिर्जनशील निर्माण सेवा प्रालि काठमाडौँले गरिरहेको गाउँपालिका प्राविधिक प्रमुख शक्तिसिंह जिसीले जानकारी दिए । उनका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.५ र ६ को वडा कार्यालय भवनको निर्माणको ठेक्कासमेत सोही कम्पनीले प्राप्त गरि काम सुरु गरेको छ ।
गाउँपालिको भौतिक विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहको गरी तीनवटै तहका सरकारको बजेटिङमा काम भइरहेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए । यसैबीच बंगलाचुली गाउँपालिका वडा नं.३ को बाघखोर कुईजा हुँदै मुलावारी जोड्ने सडक बाटोको पनि एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here