- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदाङमा नेकपाकी विमला विजयी

दाङमा नेकपाकी विमला विजयी

- Advertisement -spot_img

उपनिर्वाचनको नतिजा सार्वजनिक …
दाङ, १६ मंसिर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेकपाका उम्मेदवार विमला कुमारी खत्री
(ओली) निर्वाचित भएकी छन् ।
विमलाले नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १ सय ४ मतले पछि पार्दै चुनाव जितेकी हुन् । आइतबार राति सकिएको मतगणना अनुसार ओलीले २४ हजार २ सय ८६ मत प्राप्त गरेकी भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २ सय ६६, राप्रपाका भूपाल रावतले २ सय २५, समाजवादीका डिल्लीबहादुर डाँगीले १ सय ५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारूले १ सय ३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १ सय ३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, विपी काँग्रेसका दिपककुमार धितालले २ र स्वतन्त्र उम्मेदवार टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
क्षेत्र नम्बर ३ को ‘ख’ मा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । प्रदेशसभा सदस्यका लागि खसेको कुल मतमा ७ सय ९७ मत बदर भएको छ ।
गएको माघ महिनामा प्रदेश सभा सदस्य उत्तरकुमारी ओलीको सवारी दुर्घटनामा परी निधन भएपछि मंसिर १४ मा उपचुनाव भएको हो । तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका उत्तरकुमार ओलीको स्थानमा पार्टीले उनको धर्मपत्नीलाई उम्मेदवार बनाएको थियो ।

सबै ठाउँको नतिजा सार्वजनिक

दाङसहित ३७ जिल्लामा ५२ पदका लागि मंसिर १४ गते ५२ पदका लागि भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडा अध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ ।
नेकपाका उम्मेदवार ३०, काँग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार चार, राजपा उम्मेदवार तीन, राष्ट्रिय जनमोर्चाका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपाले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र २४ वडा अध्यक्ष जितेको छ । प्रतिनिधिसभाको कास्की क्षेत्र नं २ मा नेकपाका उम्मेदवार विद्या भट्टराई २४ हजार ३ सय ९४ मत ल्याएर विजयी भएकी छन् ।
प्रदेशसभाको दाङ क्षेत्र नम्बर ३‘ख’ मा नेकपा उम्मेदवार विमलाकुमारी खत्री २४ हजार २ सय ८६ मत ल्याएर विजयी भएकी छन् । संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरासहित तीन गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपाले विभिन्न पालिकाका २४ वडा अध्यक्ष जितेको छ । काँग्रेसले प्रदेशसभा सदस्य एक, उपहानगरपालिकाको प्रमुख एक र विभिन्न पालिकाका ११ वडा अध्यक्षमा जित हात पारेको छ ।
प्रदेशसभाअन्तर्गत भक्तपुर एक ‘क’ मा काँग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भएका छन् । धरान उपमहानगरपालिका प्रमुखका काँग्रेस उम्मेदवार तिलक राई २६ हजार ७ सय ९ मत ल्याएर विजयी भएका हुन् । काँग्रेसले विभिन्न ११ पालिकाका वडा अध्यक्ष पनि जितेको छ ।

मतदाताको विश्वासलाई टुट्न दिन्न्ः ओली

प्रदेससभा सदस्य विमला कुमारी खत्रीले पश्चिम दाङको विकासका लागि मतदाताले जिम्मेवारी दिएको भन्दै विश्वास टुट्न नदिने बताएकी छन् । फरक परिस्थितिमा भएको निर्वाचनमा आफूलाई भोट दिएर जिताउने मतदातालाई उनले धन्यवादसमेत दिएकी छन् ।
‘श्रीमानले लिएको जिम्मेवारीलाई पूरा गर्ने अवसर मतदाता दिनुभएको छ, यसका लागि अवसर दिने पार्टी पंक्तिलाई र मतदातालाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन्– ‘पश्चिम दाङको विकासमा कुनै गुनासो आउन दिने छैन् ।’
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले ओलीलाई एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र प्रदान गर्दै जनताको मन जितेर सेवामा जुट्न शुभकामना दिए ।
सांसद ओलीलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित सुरक्षा निकायका प्रमुख, नेता कार्यकर्ताहरूले समेत बधाई र शुभकामना दिएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित ओलीले विजयी ¥यालीसहित विभिन्न क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here