- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरविद्यालय बन्द गरेर विजयउत्सवमा शिक्षक

विद्यालय बन्द गरेर विजयउत्सवमा शिक्षक

- Advertisement -spot_img

तुलसीपुर, १७ मंसिर । दाङको दंगीशरण गाउँपालिका–३ पदमपुरमा रहेको श्री सरस्वती आधारभूत विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरेर विजयउत्सवमा सहभागी भएका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा भएको उपनिर्वाचनमा विजयी हुने विमला कुमारी खत्रीको विजयउत्सवमा विद्यालय शिक्षक सहभागी भएका हुन् ।
सोमबार बिहान विद्यालय आएका विद्यार्थीलाई दुई घण्टापछि ¥यालीमा सहभागी हुन निर्देशन गर्दै ११ जना शिक्षकहरू विद्यालय बन्द गरेर विजयउत्सवमा सहभागी भएका हुन् । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा शिक्षक नेताको हालीमुहाली छ ।
विद्यालयका प्रधानाध्यापक ज्योतीप्रसाद चौधरीले विजय जुलुसमा सहभागी हुनुपर्ने भएकाले दिउँसै विद्यालय बन्द गरिएको बताए । विजय जुलुसको तयारी र व्यवस्थापनमा शिक्षकहरू लाग्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको जानकारी दिए ।
‘विद्यार्थी ¥यालीमा र शिक्षकहरू तयारीमा जुटेका छौँ’ प्रधानाध्यापक चौधरीले भने ‘खानपानको व्यवस्थापन गर्न शिक्षकलाई परिचालन गरिएको छ । उक्त विद्यालयमा ११ जना शिक्षक कार्यरत छन् भने एक सय पचास जति विद्यार्थीहरू रहेका छन् ।
¥यालीले विद्यालयमा असर पर्ने भएपछि विद्यालय नै बन्द गरेर तयारीमा जुटेको प्रधानाध्यापक चौधरीले बताए । चौधरी पूर्व माओवादी निकट शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष हुन् ।
विद्यालय बन्द गरेर नै राजनीतिक दलको विजय जुलुसमा सहभागी भएको प्रति अभिभावकहरूले भने विरोध गरेका छन् । ‘हामीले हाम्रा बालबालिका पढाउन पठाएका हौँ’ एक अभिभावकले भने, ‘राजनीति गराउन पठाएका होइनौं, राजनीति गर्ने शिक्षकहरूलाई कारवाही हुनुपर्छ ?’ उनीहरूले राजनीतिका नाममा बालबालिकाहरूको भविष्य बर्बाद नपार्न समेत आग्रह गरे ।
दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले शिक्षकहरू राजनीतिक क्रियाकलापमा सहभागी हुन नमिल्ने बताए । उनले विद्यालय नै बन्द गरेर कार्यक्रममा जानै नपाइने बताए । ‘यस्तो कार्य शिक्षकले गर्नै हँुदैन’ उनले भने– ‘यो विषयमा बुझ्ने छु ।’
उनले यदि त्यस्तो भएको भए कारवाही प्रक्रियासमेत अघि बढाउने बताए । शनिबार भएको उपनिर्वाचनमा यो क्षेत्रबाट नेकपाकी विमला कुमारी खत्रीले जितेकी छन् । उनको सोमबार निर्वाचन क्षेत्रमा विजय ¥याली निकालिएको छ । त्यही विजय ¥यालीका लागि विद्यालय बन्द गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here