- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरजनसंख्याको स्थितिको बारेमा विद्यार्थीको अवलोकन

जनसंख्याको स्थितिको बारेमा विद्यार्थीको अवलोकन

- Advertisement -spot_img

तुलसीपुर, १७ मंसिर । तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले दाङको जनसंख्याको स्थितिको बारेमा अध्ययन अवलोकन गरेका छन् । विद्यार्थीले सोमबार तथ्यांक कार्यालय घोराहीमा पुगेर दाङको जनसंख्याको वर्तमान स्थिति र व्यवस्थापनका विषयमा जानकारी प्राप्त गरेका हुन् ।
उनीहरूले बढ्दो जनसंख्या वृद्धिका कारण पर्ने असर र समाधानका उपायका बारेमा जानकारी प्राप्त गरेका छन् । कार्यालयमै पुगेका विद्यार्थीलाई तथ्यांक कार्यालय घोराहीका गणक अशोक यादवले विद्यार्थीलाई जनसंख्या वृद्धिका कारण र असरका बारेमा बताए । अशिक्षा र चेतना अभावका कारण जनसंख्या बढ्दै गएको भन्दै उनले न्यूनीकरणका लागि शिक्षित व्यक्तिले सचेतना फैलाउनुपर्ने बताए ।
ब्रिटिस काउन्सिलको आएसए एक्सन प्लान अनुसार आफ्नो परियोजना कार्यअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरूले जनसंख्या बृद्धि र यसको व्यवस्थापन शीर्षकमा अध्ययन अवलोकन तथा जनसंख्याको तथ्यांक लिएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिए ।
यसैबिच विद्यार्थीले जनसंख्या बृद्धि र यसको व्यवस्थापन शीर्षकमा अन्तरक्रिया कार्यक्रमसमेत गरेका छन् । विद्यार्थीले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा अन्तरक्रिया गरेका हुन् । त्यस अवसरमा विद्यार्थीले जनसंख्या वृद्धि र असरका बारेमा जिज्ञासा राखेको परियोजना प्रमुख संयोजक जीतबहादुर बस्नेतले जानकारी दिए ।
विद्यालयमा कक्षा ९ मा अध्ययनरत सम्झना भण्डारी, सज्जन भण्डारी, कक्षा १० का प्रश्रित शर्मा, पुष्पा भण्डारी, नारायण पोखरेल, शुष्मा एमसीलगायतका विद्यार्थीले जनसंख्या वृद्धि र व्यवस्थापनमा गर्न सकिने विषयमा जिज्ञासा राखेका हुन् ।
जनसंख्या विषयका प्राध्यापकसमेत रहेका रिजालले विद्यार्थीलाई सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले जनसंख्या वृद्धिले पार्ने असरका विषयमा विद्यार्थीले सचेतना फैलाउन जनसंख्या बृद्धिदरलाई कमी ल्याउन सकिने बताए । ‘जनसंख्या बृद्धिदर न्यूनीकरणका लागि सचेत वर्ग आजैदेखि लाग्न आवश्यक छ’ उनले भने–‘बढ्दो जनसंख्या न्यूनीकरणका लागि सचेतना फैलाउन जरूरी छ ।’
विद्यालयका कल्याणकारिणी अधिकृत तिलक कालाथोकीको अध्यक्षता तथा महेन्द्र बहुमुखी क्याम्पस घोराहीका सहायक क्याम्पस प्रमुख तथा जनसंख्या विषयका प्राध्यापक सुदर्शन रिजालको प्रमुख आतिथ्यता एवं तथ्यांक कार्यालय घोराहीका गणक अशोक यादवको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
दाङमा वि.स. २०६८ को जनगणना अनुसार ५ लाख ५२ हजार ५८३ रहेको छ । तथ्यांक कार्यालय घोराहीका अनुसार पुरूष २ लाख ६१ हजार ५९ र महिला २ लाख ९१ हजार ५ सय २४ रहेका छन् । वि.स. ०६८ को जनगणना अनुसार जिल्लामा १ दशमलव ७८ जनसंख्या बृद्धिदर रहेको छ भने कुल जनसंख्याका २ दशमलव ०८ प्रतिशत दाङको जनसंख्या रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here