- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरएकहप्ते निःशुल्क योग शिविर

एकहप्ते निःशुल्क योग शिविर

- Advertisement -spot_img

तुलसीपुर १७ मंसिर । पतञ्जली योग समितिको एकहप्ते निःशुल्क योग विज्ञान शिविर समापन भएको छ । नियमित योग साधना केन्द्र सहयोगमा एकहप्ते निःशुल्क योग विज्ञान शिविर गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ शिवरनगर टोलमा गत १० गतेदेखि सञ्चालन भएको शिविरको सोमबार समापन गरिएको छ ।
पतञ्जली योग समितिका नगर प्रभारी प्रह्लाद शाहको अध्यक्षतामा एवं पतञ्जली योग समितिका नेपाल प्रदेश नम्बर ५ का सल्लाहकार डा. अरूण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा योगबाट शारीरिक स्वस्थता मानसिक, सन्तुलनलगायत योग अभ्यासबाट हुने फाइदाको बारेमा बताए ।
कार्यक्रममा योग समिति महिला सचिव समीक्षा रिजाल, सहशिक्षक अञ्जना श्रेष्ठ, मनकुमारी रावत, शिवनगर टोलकी कोषाध्यक्ष सीमा बुढाथोकीलगायतले बोलेका थिए । यसैबीच पतञ्जली योग समितिले शिवनगर टोल समिति गठन गरेको छ । प्रेमचन्द्र गैरेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।
जसमा उपाध्यक्षमा गीता आचार्य, सचिवमा अधुप ओली र कोषाध्यक्षमा सुमित्रा अर्याल रहेका छन् । साथै सदस्यहरूमा कृष्ण आचार्य, निर्मला गैरे, कमला आचार्यलगायत रहेका छन् भने सल्लाहकाहरूमा मानबहादुर केसी, जानका गैरे, खिमलाल न्यौपाने, टोपबहादुर केसी र हुमबहादुर केसी रहेका छन् ।
कार्यक्रमा योग विज्ञानको बारेमा योग समितिका नेपाल प्रदेश नम्बर ५ का सल्लाहकार डा. अरूण कुमार श्रेष्ठ, मनकुमारी रावत, प्रह्लाद शाह लगायतले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण पतञ्जली योग समिति महिला संगठनमन्त्री जानका गैरैले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here