Wednesday, March 27, 2024
Homeफिचरप्रदेश ३ (ख) मा विमला विजयी

प्रदेश ३ (ख) मा विमला विजयी

- Advertisement -spot_img

 दाङ, १६ मंसिर । दाङ निर्वाचन क्षेत्र नम्वर ३(ख)मा प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विमला कुमारी खत्री वलीले निर्वाचित भएकी छिन् । उनले २४ हजार २ सय ८६ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्माले १९ हजार १ सय ८२ मत प्राप्त गरेका थिए । विमलाले प्रतिद्धन्द्धी केशवराज आचार्यलाई ५ हजार १ सय ४ मत बढी प्राप्त गरी विजयी प्राप्त गरेकी हुन् । शनिवार भएको उपनिर्वाचनमा कुल ६८ हजार ७ सय १९ मतदाता संख्या रहेकोमा ४५ हजार ७ सय १८ मत खसेको थियो ।
कास्कीमा विद्या विजयी कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन् । काँग्रेसका खेमराज पौडेललाई पराजित गर्दै विद्या विजयी भएकी हुन् । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो । विद्या रविन्द्रकी पत्नी हुन । उनले काँग्रेस उम्मेदवार खेमराजलाई आठ हजार बढी मतअन्तरले जितेकी छन् ।
विद्या २४ हजार तीन सय १५ मतसहित विजयी भएकी हुन । पौडेलले १५ हजार ९ सय ८६ मत ल्याए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार२०७ मत ल्याएरका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र प्राप्त गरेका थिए । कास्की–२ नेकपाको गढ मानिन्छ ।
प्यूठानमा नेकपा, स्वतन्त्र विजयी यसैबीच ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन । शनिबार सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमर रेश्मी मगरलाई ९ मतको अन्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।
पाण्डेले ६ सय ९६ र मगरले ६ सय ८७ मत पाएका छन् । आइतबार दिउँसो मात्र मतगणना सकिएको हो । पाण्डे शिक्षक हुन् । अस्थायी शिक्षकमा कार्यरत उनी गत वर्षको चैतमा गोल्डेन ‘ह्याण्डचेक’ लिएर राजनीतिमा लागेका थिए । ऐरावती गाउँपालिका २मा भिमेशकुमार घर्तीमगर विजयी भएका छन ।
प्रतिस्पर्धी राजमोका भक्तबहादुर विकलाई उनले ३५१ मतले पछिपार्दै चुनाव जितेका छन् । आइतवार सकिएको मतगणना अनुसार मगरले ८ सय ५५ मत पाएका छन् । ०७४ को स्थानीयतह निर्वाचनमा घर्तीमगर ११ मतले अध्यक्ष हुनबाट बञ्चित भएका थिए । पार्टीको आग्रहलाई वेवास्ता गरी उनले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here