- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुद१३औं दक्षिण एसियाली खेलकुद ‘साग’को उद्घाटन

१३औं दक्षिण एसियाली खेलकुद ‘साग’को उद्घाटन

- Advertisement -spot_img

काठमाडौँ, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को आइतबार एक समारोहबीच उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा उद्घाटन गरेकी हुन् ।
उद्घाटनमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । साग खेलको पूर्वसन्ध्यामा चारवर्ष लगाएर पुनर्निमाण गरिएको दशरथ रङ्गशाला आकर्षक एवम् मनमोहक बनाइएको छ ।
औपचारिक उद्घाटन अगाडि सातै देशका सहभागी खेलाडीहरूले मार्च पास्ट गरेका थिए । दशरथ रङ्गशालाको बाहिरी तथा भित्री दृश्यले अन्तर्राष्ट्रिय रङ्गशालाको स्वरूप ग्रहण गरिसकेको छ । उद्घाटन समारोहमा रङ्गशाला सजिव देखिएको थियो विद्युतीय सजावटले बाहिरी आकर्षण थप्दाभित्र हुने कार्यक्रमले सागलाई अन्य संस्करणभन्दा पृथक बनाएको थियो ।
समारोहमा हिमाल, पहाड, तराई–मधेशको झाँकी, भेषभूषा समेटिएको नेपालको विविधतापूर्ण संस्कृतिको झल्को दिइएको थियो । भित्र उद्घाटन समारोह चलिरहँदा बाहिरको वातावरण समेत ‘साग’मय बनाउन राष्ट्रिय खेलकुद परिषद्ले २५ स्थानमा ठूला स्क्रिनमा भित्रको गतिविधिको प्रत्यक्ष प्रसारणको व्यबस्था मिलाएको छ । समारोहमा सहभागी सातवटै देशका खेलाडीले मार्चपास गरेका थिए ।
नेपालले तेस्रोपटक दक्षिण एसियाली खेलकुदको आयोजना गरिरहँदा पहिलोपटक अन्तर्राष्ट्रिय समारोह विकेन्द्रित गरी देशको तीनवटा भूभागमा हुँदैछ । काठमाडौं, ललितपुर, पोखरा र जनकपुरधाममा तेह्रौं सागका खेलहरू हुने तय गरिएको छ ।
आर्चरी, महिला क्रिकेट, ब्याडमिन्टन, महिला फुटबल, हयाण्ड बल, बीच भलिबल र भारत्तोलन गरी सात विधाका खेल पोखरामा हुनेछन् । त्यसैगरी कुस्तीका सबै स्पर्धा जनकपुरधामस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछन् ।
यसैबीच सागको तेह्रौं संस्करणमा सबैभन्दा बढी खेलाडी सहभागी हुने राष्ट्र नेपाल हो । नेपालका ५९६ खेलाडी सागको २८ वटै विधामा सहभागी भइरहेको छ । भौगोलिक र जनसांख्यिक हिसाबले समेत सानो रहेको भुटानले सबैभन्दा कम ११६ खेलाडीको टोली सागमा उतारेको छ । नेपालपछि श्रीलङ्काको ५६४ जना खेलाडी सहभागी छन् । भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सका २१६ खेलाडी सहभागी हुनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here