- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबर१४ लाख भारतीय रकमसहित एक पक्राउ

१४ लाख भारतीय रकमसहित एक पक्राउ

- Advertisement -spot_img

दाङ, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय दाङले १४ लाख बराबरको भारतीय रकमसहित एकजनालाई पक्राउ गरेको छ । दाङ प्रहरीले घोराही उपमहानगरपालिका वडा नं १२ निवासी विशाल भनिने गोकर्ण बहादुरलाई पक्राउ गरेको हो । पक्राउ परेका विकको साथबाट प्रहरीले १३ लाख ९१ हजार १ सय ७० भारतीय रूपैयाँ बरामद गरेको छ ।
विकको साथबाट प्रहरीले ७७ हजार रूपैयाँ नेपाली रूपैयाँमा सटाइएको रकमसमेत बरामद गरेको छ । विकले भारतको हरियाना राज्यको चरसीदादरी जिल्लास्थित घरेलु कामकाज गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको खुल्न आएको छ । पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here