- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसुशासनमा नागरिकको सहभागीता अनिवार्य

सुशासनमा नागरिकको सहभागीता अनिवार्य

- Advertisement -spot_img

सल्यान, १६ मंसिर । स्थानीय तहको नीति निर्माण प्रक्रियालाई जनमुखी बनाउनु पर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । स्थानीय तहले निर्माण गर्ने हरेक कार्यनीतिहरू सहभागितात्मक र जनमुखी बनाउनुपर्ने स्थानीयहरूले जोड दिएका हुन् ।
आइतबार सल्यानको कपुरकोटमा भएको सुशासनमा नागरिक सहभागिता छलफलका अवसरमा स्थानीयहरूले सुशासनमा नागरिक र समाजको सहभागितासमेत निकै महत्वपूर्ण हुने भन्दै उनीहरूले निर्माण भएका ऐन नियमको कायान्वयन सबैले गुर्नपर्ने बताए ।
स्थानीयबासी, नागरिक समाजलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग गरिएको छलफलमा राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले हालसम्म आफ्नो गाउँपालिकाले ३० वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण गरेको जानकारी दिए ।
उनले सडक, भवन निर्माणदेखि कुनै समूहलाई अनुदान दिनका लागि समेत कानुन आवश्यक पर्ने बताउँदै नागरिकलाई सहज तरिकाले सेवा सुविधा प्रदान गर्न आफूहरूले विभिन्न ऐन निर्माण गरेको जानकारी दिए ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, विधेयक समितिका संयोजक मिनबहादुर सेनलगायतले बोल्दै हरेक वडामा गाउँपालिकाले कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।
कपुरकोट–२ का वडा अध्यक्ष मानबहादुर राना, वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुन, गाउँपालिकाका विषयगत कार्यालयका प्रमुख एवम् नागरिक समाजका प्रतिनिधिहरूलगायतको सहभागितामा उक्त छलफल गरिएको उक्त कार्यक्रमको सहजीकरण सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक जिएस नेपालीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here