- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर४१८ एचआईभी संक्रमित

४१८ एचआईभी संक्रमित

- Advertisement -spot_img

तुलसीपुर, १६ मंसिर । दाङमा अहिलेसम्म ४ सय १८ जनामा एचआईभी संक्रमित देखिएका छन् । लामो समयदेखि एचआईभी एड्स नियन्त्रणको क्षेत्रमा काम गर्दै आईरहेको दाङ प्लसका अनुसार दाङमा ४ सय १८ जनामा संक्रमण भेटिएको र ति मध्ये १ सय ८५ जनाको मृत्यु भैसकेको छ ।
आइतबार परेको ३२औँ विश्व एड्स दिवसका अवसरमा घोराही उपमहानगरपालिका, परिवार नियोजन संघ, ओरेक, दाङ प्सल, एनसार्क, परिवर्तन समूह, रेडक्रस, नारी एकता समूहको संयोजन र प्रजनन् स्वास्थ्य समन्वय समितिको आयोजनामा घोराहीमा कार्यक्रम गरी जिल्लामा एचआईभी एड्सका बारेमा जानकारी दिइएको हो ।
दाङ प्लसका जिल्ला संयोजक गोपाल नेपालीले अहिले २ सय ३३ जना संक्रमितले औषधी सेवन गरिरहेको जानकारी दिए । असुरक्षित यौन सम्पर्क, संक्रमितको रगत आदानप्रदान हुँदा र संक्रमितले प्रयोग गरेका धारिला वस्तुले काट्दा एचआईभी संक्रमण व्यक्तिमा सर्ने जानकारी दिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले एचआईभी संक्रमणको नियन्त्रणका लागि सजकता र सचेतनामा जोड दिए । सामाजिक विकासको तुलनामा मानवीय सचेतनामा विकास हुन नसकेको भन्दै सामाजिक जागरणका रूपमा यसलाई बुझाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयमा सुनिता पौडेलले सुरक्षित यौन सम्पर्क र व्यक्तिबाट रगत ल्याउँदा विषेश ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले एचआईभी नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रमलाई अघि बढाएको जानकारी दिए ।
कार्यक्रमको सहजीकरण ठाकुर खनालले गरेका थिए । यसैबीच दिवसका अवसरमा घोराहीको बसपार्कमा निःशुल्क एचआईभीको रगत जाँचसमेत गरिएको थियो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाले पनि दिवस मनाएको छ । ¥याली, अन्तरक्रिया, कोणसभा गरेर स्वास्थ्य शाखाले दिवस मनाएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here