- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरघोराही १४ को सार्वजनिक सुनुवाई

घोराही १४ को सार्वजनिक सुनुवाई

- Advertisement -spot_img

घोराही, १५ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । शुक्रबार कार्यालयमै वडाले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटका बारेमा जानकारी दिदै पहिलो चार महिनमा गरेका कामको बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा वडा सदस्य गुलाम रसुलले वडाको एक करोड रूपैयाँ बजेट रहेको र उक्त बजेटलाई वडाबासीको सहभागितामा योजनामा रूपान्तरण गर्दै कार्यान्वयनमा अघि बढेको जानकारी दिए ।
पहिलो चार महिनामा १९ वटा योजनाहरूमा उपभोक्ता समिति गठन र सम्झौता भएको जानकारी दिए । वडाबासीहरूकै सहभागितामा योजनाहरूलाई कार्यान्वयनमा लैजाने गरी काम सुरू भएको उनको भनाइ छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरबासीकै साथ र सहयोगले मात्रै नगरको विकास हुने बताइन् । सरकारले ल्याएका योजनाहरूलाई आफ्नै विकास ठानेर ग्रहण गर्दै नगरलाई सुन्दर र समृद्ध बनाउने भूमिका सबैको हुने बताइन् ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वडाबासीको चासो र सक्रियताले दिगो विकास हुने बताए । कार्यक्रममा लेखा प्रमुख लोकमणि शर्मा, सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले सबैको सहकार्य र समन्वयबाटै नगरलाई राम्रो बनाउन सकिने बताए ।
कार्यक्रममा बोल्ने वडाबासीहरूले सडक बत्ती, फोहोर व्यवस्थापन र तथा सडक मर्मतलाई बिषेश ध्यान दिन सुझाव दिएका छन् । सार्वजनिक सुनुवाईको समन्वय ग्रामीण महिला उत्थान केन्द्र दाङले गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here