- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरअभिभावक र विद्यार्थी सरसफाई शिक्षा

अभिभावक र विद्यार्थी सरसफाई शिक्षा

- Advertisement -spot_img

घोराही, १५ मंसिर । घोराही उपमहानगरपालिका–१९ सैघाको जनता प्रावि काउलीचौरमा सरसफाईसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । सरसफाई तथा अभिभावक शिक्षाअन्तर्गत शनिबार सरसफाई कार्यक्रम भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा आगामी योजना, चर्पीको प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानी, सुरक्षित खाना, घरायसी र संस्थागत सरसफाई र वातावरणीय सरसफाईका बारेमा प्रशिक्षक गोविन्द खडकाले प्रकाश पारेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुनको अध्यक्षता एवं वडा सदस्य टंख रोकाको प्रमुख आतिथ्यता र पत्रकार तथा प्रशिक्षक गोविन्द खड्काको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले स्वस्थ समाज निर्माणको लागि सरसफाई शिक्षा आवश्यक भएको बताएका थिए । व्यक्ति र समाजलाई स्वस्थ बनाउन सचेतना आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा निमावी बाम्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर सुनार, जनता प्रावि काउलीचौरका विद्यालय व्यवस्थान समितिका सदस्य केदार घर्ती र विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षिका कमला देवकोटाले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here