रूकुम, १५ मंसिर । लागूऔषध चरेससहित रूकुम पूर्वबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई किलो चरेससहित भूमे गाउँपालिका–२, खावाङ खालपाटेका पूर्णबहादुर पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा चरेस लुकाई छिपाइ राखेको गोप्य सूचनाको आधारमा खानतलासी गर्दा चरेस भेटिएपछि पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुन विरूद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।