- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयअनुपस्थित मतदाता खोजौं

अनुपस्थित मतदाता खोजौं

- Advertisement -spot_img

उपनिर्वाचन शनिबार सकिएको छ । उपनिर्वाचनका मतदान गर्ने मतदाताहरु ७४ सालको निर्वाचनमा मतदान गर्ने भन्दा कम देखिए । दाङसहित ३७ जिल्लामा ५२ पदका लागि भएको उपनिर्वाचनमा ६५ प्रतिसत मतदान भएको छ ।
यो मतदानले ३५ प्रतिसत मतदाता निर्वाचन प्रक्रियाभन्दा बाहिर देखिएका छन् । रोल्पाको थवाङलाई हेर्ने हो भने त ८५ प्रतिसत मतदाता मतदान प्रक्रियामा सहभागी भएका छैनन् । यसले पनि निर्वाचनप्रति नागरिकको चासो कम देखाएको छ । यसलाई गम्भीर रुपमा लिएर सोच्नुपर्ने र मतदान प्रक्रियामा हराउने मतदाताहरुको खोजी हुनु जरुरी छ ।
मतदाताले आफूले चाहेको प्रतिनिधिलाई मतदान प्रक्रियामार्फत छनौट गर्ने अवसरका रुपमा निर्वाचनलाई लिइन्छ । शनिबार पनि नागरिकले स्वस्फूर्त रुपमा आफूले चाहेको नेतृत्व छनौट गर्नका लागि मतदान गरेका छन् । दाङमा प्रदेशसभा सदस्य र वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ को (ख)मा प्रदेशसभा सदस्य र घोराही उपमहानरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा करिव ४९ हजार मतदाता सहभागी भएका छन् ।
उपनिर्वाचनमा ९७ वर्षका जेष्ठ नागरिकदेखि किरियापुत्री, सुत्केरी महिला पनि सहभागी भएको देख्दा नागरिकमा चुनावको उत्साह भएको अनुमान गर्न त सकिन्छ तर सहभागिताले उत्साह कम हो भन्ने सक्ने अवस्था रहनै रहेको छ । तथ्यांकलाई हेर्दा अहिलेको उपनिर्वाचनमा करिव ३३ प्रतिशत मत खसेन अर्थात् मतदाताले भोट हालेनन् ।
विगतमा नेतृत्वले मतदातालाई खुशी पार्न सकेनन् कि, जसका कारण मतदाता अहिलेको चुनावमा मतदान गर्न आएनन्, या त अरु कारणले मतदान गर्न सकेनन् । जनप्रतिनिधि छनौटका लागि भएको उपनिर्वाचनमा मतदाताको उपस्थितिलाई राम्ररी केलाउन जरुरी छ ।
नागरिकले स्वस्फूर्तरुपमा आफ्नो मताधिकारको प्रयोग गर्ने वातारण हुन अझै पनि हुन नसक्नु दुखद् कुरा हो । निर्वाचनमा सहभागी भएर मेरो पनि अमूल्य भोट दिनुपर्छ भन्ने नागरिकमा उत्साह कम देखिएको हो या मतादाता नै विदेश वा फरक कर्मथलोमा रहेका कारण अहिलेको उपनिर्वाचनमा मतदाताको उपस्थिति कम देखिएको छ । अहिलेको उपनिर्वाचनमा भएका कमि कमजोरीको समीक्षा गर्नुपर्दछ ।
नेतृत्वले पनि नागरिकसँग चुनावका समयमा गर्ने प्रतिवद्धता पूरा गर्नसके निर्वाचनप्रति नागरिकको उत्साह अलि बढ्ने अनुमान गर्न सकिन्छ । आफूले मत दिएका नेतृत्वसँग नागरिकले धेरै ठूला अपेक्षा पनि गरेका छैन्  । अहिले पनि शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानीलगायतका समस्यालाई अहिलेको नेतृत्वले बुझ्न सकेपनि नागरिकमा निर्वाचनप्रति झनै उत्साह देखिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here