- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकार्यप्रगतिको बारेमा जानकारी

कार्यप्रगतिको बारेमा जानकारी

- Advertisement -spot_img

घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिका न्यायीक समितिले सम्पादन गरेका कार्यप्रगतिको बारेमा जानकारी गराएको छ । न्यायीक समितिले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । न्यायीक समितिका संयोजक सीता सिग्देल न्यौपानेले साउन महिना विगत चार महिनाको अवधिमा १३ वटा लेनदेनको मुद्दा परेको जानकारी गराएकी थिइन् ।
त्यसमा पाँचवटाको मिलापत्र अन्तिम भएको र आठवटा प्रक्रियागत रूपमा रहेको उनले बताइन् । त्यसैगरी गत आर्थिक वर्ष ०७५/०७६ को २ सय ६ वटामध्ये २५ वटा बाँकी रहेको बताइन् । न्यायीक समितिकी संयोजक न्यौपानेका अनुसार १४ वटा जग्गा विवादका उजुरी परेका छन् भने सातवटा अन्तिम मिलापत्र भएको र आठवटा प्रक्रियागत रूपमा रहेको छ ।
गत आर्थिक वर्ष ४४ वटा जग्गा विवादका परेका उजुरीमध्ये आठवटा अन्तिम मिलापत्र भएको बताइन् । न्यायीक समितिमा एउटा कुलोनाला पानीको उजुरी परेको थियो भने वातावरणसम्बन्धी तीनवटा, घरेलु हिंसासम्बन्धी सातवटा, गाली बेइजतीसम्बन्धी एउटा,
जग्गा रोक्कासम्बन्धी २१ बटा, माना चामल भराउनेसम्बन्धी सातवटा उजुरी परेका थिए । न्यायीक समितिमा चार महिनाको अवधिमा ७९ वटा विभिन्न शीर्षकमा उजुरी परेका थिए । त्यसमध्ये २२ वटा अन्तिम मिलापत्र भएको छ भने ५९ प्रक्रियागत रूपमा रहेको संयोजक न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन् ।
त्यसैगरी आर्थिक वर्ष ०७५/०७६ मा बाँकी रहेका १ सय २६ वटा विभिन्न शीर्षकमा परेका उजुरीमध्य १७ वटा अन्तिम मिलापत्र भएको र १ सय ९ वटा प्रक्रियागत रूपमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘गत आर्थिक वर्षमा उजुरी दर्ता गरेका र प्रक्रियामा रहदा बीचमै नआएपछि विवादको अन्तिम मिलापत्र गर्न बाँकी धेरै प्रक्रियागत रूपमा देखिएको हो’ समितिकी संयोजक न्यौपानेले पत्रकार सम्मेलनमा भनिन् ‘हामीले उहाँहरूलाई सम्पर्क गरेर चाँडै नै मुद्दाको मिला पत्र गर्न वा फिर्ता लिन अनुरोध गरेका छौ ।’
न्यायीक समितिले माना चामल, जन्मदर्ता, गराउने, विवाह दर्ता, नागरिकता दिलाउने, घरेलु हिंसालाई मेलमिलाप गर्ने, जग्गा रोक्का गर्ने विवाद केही मिलापत्र र टुङ्ग्याउने कार्य गरेको जानकारी गराएकी थिइन् ।
न्यायीक समितिले सकेसम्म वडा टोल बस्तीमा नै सानातिना विवाद मिलाउने, समाजमा हुने विकृति, विसंगतिहरू हटाउनेर विवादहरू सकेसम्म कम आउने वातावरण सिर्जना गरेको बताएकी थिइन् । पत्रकार सम्मेलन घोराही उपमहानगरपालिका कार्यालय न्यायीक समितिकी संयोजक सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here