- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरराप्ती बबईको ३०औं स्थापना दिवस

राप्ती बबईको ३०औं स्थापना दिवस

- Advertisement -spot_img

तुलसीपुर, १३ मंसिर । पश्चिम दाङको शैक्षिक क्षेत्रको रूपमा रहेको राप्ती बबई क्याम्पसको ३०औँ स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा पूर्व विद्यार्थी समाजले रक्तदान तथा मुखको स्वास्थ्यसम्बन्धी एकदिने कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । ३० वर्ष अघि आजकै दिन क्याम्पसको स्थापना भएको थियो ।
राप्ती बबई क्याम्पस पूर्व विद्यार्थी समाजका संयोजक रञ्जन कोइरालाको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यता एवं क्याम्पस प्रमुख युवराज रावतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सञ्चालक समिति अध्यक्ष विष्णुकुमार देवकोटाले क्याम्पसलाई यहाँसम्म ल्याइ पु¥याउने सबैप्रति आभार व्यक्त गरेका थिए । ‘क्याम्पसले ३०औँ स्थापना दिवस मनाईरहदा यहाँसम्म क्याम्पसलाई ल्याइ पु¥याउने सबै सरोकारवालाप्रति कृतज्ञ छु’ उनले भने, ‘अब पनि सबैको सहयोग आवश्यक छ ।
बबई क्याम्पस क्वालिटी एसोरेन्स एकडिटेसनमा अगाडि बढेको बताउँदै क्याम्पसमा गुणस्तरीय शिक्षा पहिलो आधार भएको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ लाग्न शिक्षकहरूलाई आग्रह गरे ।
त्यस्तै उनले विद्यार्थीहरूलाई पनि अनुशासित भएर अध्ययनलगायतका कार्यहरू गर्न सुझाव दिए । विद्यार्थी रेशम खरालले स्वागत गरेको कार्यक्रमको सहजीकरण क्याम्पसका सहायक प्राध्यापक तथा पूर्व विद्यार्थी हिमाल कँडेलले गरेका थिए ।
कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीलगायत २२ जनाले रक्तदान गरेका थिए । त्यसैगरी मुख स्वास्थ्यसम्बन्धी कार्यक्रममा विआर डेण्टल हस्पिटल प्रालि तुलसीपुरका सञ्चालक विपी भुसालको टोलीले गरेको थियो । क्याम्पसमा पहिलो पटक स्थापना दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here