- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयनिर्वाचन भयरहित बनोस्

निर्वाचन भयरहित बनोस्

- Advertisement -spot_img

दाङ उपनिर्वाचनको संघारमा छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही १६ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको तयारी पनि अन्तिम चरणमा छ । निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालयले बन्दोबस्तसमेत मिलाईसकेको हुँदा सबै तयारीमा रहेको भन्न सकिन्छ । निर्वाचनका बेला त्यो पनि शुन्य समय सबै हिसावले सम्वेदनशील हुन्छ ।
विगतका निर्वाचनका पनि यो समय समस्या देखिने गरेको थियो अहिले पनि यसमा सजक हुनुपर्ने अवस्था सबैमा छ । मतदाताहरुले निर्धक्कसँग मतदान गर्ने वातावरण भएमा र निर्वाचन स्थल, क्षेत्र भयरहित हुनसकेमा मात्रै प्रजातान्त्रिक प्रक्रियाअन्तर्गत रहेको निर्वाचन मर्यादित र भयरहित भएमा मात्रै त्यसले सार्थकता पाउँछ र निर्वाचनको उपलब्धि पनि हुने गर्दछ ।
दाङको उपनिर्वाचनका लागि ३४ वटा मतदानस्थल तोकिएको छ । जसका लागि झण्डै ५ हजार जनशक्ति परिचालन छ । कर्मचारी, स्वयम्सेवक, सुरक्षाकर्मी गरेर । उपनिर्वाचन क्षेत्रमा ७३ हजार मतदाताले मतदान गर्दैछन् । यी मतदानस्थल र मतदाताहरु निर्वाचनको समयमा र मतदानको दिन भयमा रहनु हुँदैन । त्यो अवस्था सरोकारवाला निकायले ल्याउन दिने अवस्था सिर्जना गर्नुहुँदैन ।
दाङमा निर्वाचनलाई भयरहित बनाउन र निष्पक्ष बनाउन सुरक्षा हाइअलर्ट अवस्थामा राख्नु राम्रो कुरा हो । अवस्था हाइअलर्ट मात्रै राख्नुभन्दा पनि मतदाताको सुरक्षा केन्द्रित गर्नसके झनै प्रभावकारी हुने देखिन्छ ।
त्यसका सरोकारवाला पक्षले सोच्नुपर्छ । मतदानको आफ्नो अधिकार अरुले हनन गर्ने अवस्था आउन दिनुहुँदैन, जिल्लामा भएको संवेदनशील मतदानस्थलहरुमा पनि मतदाता सुरक्षित छांै भन्ने बनाउन सक्नु नै सुरक्षा व्यवस्थाको महत्वपूर्ण पक्ष हुन्छ । दुर्गम र विकट क्षेत्रका जनतालाई पनि भयरहित बनाउन आवश्यक छ ।
अहिले सुरु भएको शुन्य समय निर्वाचनको लागि महत्वपूर्ण समय हो । यो समयमा मात्रै आचरण सुधार गर्नसकेमा धेरै भय कम हुन्छ । यो बीचमा हुने गैरनिर्वाचनका गतिविधि रोक्नुपर्छ । यो बीचमा आचारसंहिताको पनि विशेषरुपमा पालन गर्नतर्फ सबै सरोकारवाला लाग्नु जरुरी छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भव्य बनाउनु नै अहिलेको आवश्यकता हो । निर्वाचनप्रतिको विश्वास पनि हो । यसमा राजनीतिक दल, सुरक्षा निकाय, मतदाता, प्रशासन र सरोकार राख्ने सबै पक्ष भयरहित वातावरण बनाउनेतर्फ लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here