- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरउपनिर्वाचनको तराजुमा सरकार र प्रतिपक्ष

उपनिर्वाचनको तराजुमा सरकार र प्रतिपक्ष

- Advertisement -spot_img

       मधु सुदन सुवेदी

नेपालमा कम्युनिष्ट पार्टीको पूर्ण बहुमतको सरकार र नेपाली काँग्रेस जो पुरानो र ठूलो पार्टी भनिएको दल प्रतिपक्षमा उभिएको यो पहिलो पटक हो । यसअघि अधिकांश समय नेपाली काँग्रेसले नै सरकारको नेतृत्व ग¥यो भने पटक–पटक बनेका मिलिजुलीको सरकारमा पनि काँग्रेस सरकार भित्र नै रहेको काम ग¥यो ।
नेपालको राजनीतकि इतिहासमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्र हुँदै संविधान सभा मार्फत संविधानको निर्माण र घोषणा भएको नौलो परिवेशमा जनताले नेपालमा कम्युनिष्ट पार्टीलाई पूर्ण बहुमतको सरकार सञ्चालन गर्न अनुमति प्रदान गरे भने नेपाली काँग्रेसलाई प्रतिपक्षमा रहेर कामन गर्न जनादेश दिए ।
यतिबेला नेपालको कम्युनिष्ट पार्टीको पूर्ण बहुमतको सरकार चलेको पनि २१औँ महिनामा प्रवेश गरिसकेको छ । यतिबेला विगतका विभिन्न घटना, परिघटना तथा कारणबाट उत्पन्न हुन गइरहेको खाली ठाउँ, रिक्त पद वा पदपूर्तिका लागि यतिबेला उपनिर्वाचन हुँदैछ । यो सरकार र प्रतिपक्षका लागि जनताको अदालतमा हाजिर हुने आंशिक मौका र अवसर पनि हो ।
सरकारले आफूलाई जनपक्षीय र राष्ट्रपक्षीय पुष्टी गर्दै आजको दिनसम्म नेपालमा कम्युनिष्टको सरकार सफलताको विन्दुमा प्रवेश गरिरहेको कुरा पुष्टि गर्न हौसिएको बेला र नेपालको प्रतिपक्षमा रहेर को ठूलो दल नेपाली काँग्रेसले आजको सरकार र पूर्ण तानाशाह,
एकलौटी ढंग र अधिनायकवादतर्फ उन्मुख हुँदै गइरहेको र देश र जनताका लागि गैर जिम्मेवारी बन्दै गइरहेको कुरालाई पुष्टि गर्न खोजिरहेको बेला आएको यो उपनिर्वाचन आफैमा यी दुबैका लागि जोख्ने, नाप्ने, तौल्ने र ओजन लिने सञ्जिवनी तराजुको काम गर्न सक्ने अनुमान हाम्रो रहेको छ ।
सरकारले खोज्ने र प्रतिपक्षले त्यसलाई केरमेट र हिलो छ्याप्दै कुरूप बनाउन खोज्ने यो सामान्य नियम हो । यो नानीदेखि लागेको बानी हो र यो व्यक्तिगत, दलगत, पार्टीगत, गुटगत र समूहगत इच्छा, चाहना र कामना पनि हो । सरकार र प्रतिपक्षका आ–आफ्ना तर्क र पुष्टि भन्दा पनि बढी महत्व राख्ने भनेको नै जनमत हो ।
जनमत र जनादेशले जे संकेत गर्दछ त्यसैलाई नै सबैले आधार र प्रमाण मान्नु र ठान्नु पर्दछ । आजको यो अवस्थामा उपनिर्वाचन हुँदै गर्दा जनताले के सन्देश देलान् ? यो नै प्रतिपक्षको महत्वपूर्ण विषय हो ।
यदि जनताले हिजो कम्युनिष्ट पार्टीलाई पाँच वर्षको लागि सरकार चलाउन दिएको आदेश, जनादेश र मताधिकार गलत ठानेर त्यसको गम्भीर समीक्षा गरे भने यतिबेलाको जनमत नेपाली काँग्रेसतिर ढल्कने छ । र नेपाली काँग्रेसको पोल्टामा यो उपनिर्वाचन जानेछ ।
यदि हजिो जनताले नेपाल कम्युनिष्ट पार्टीलाई पाँच वर्षको लागि सरकारमा जाने मत दिएर नेपाली काँग्रेसलाई प्रतिपक्षकै भूमिकामा उभ्याएको ठीक मनासिव र उचित ठाने वा माने भने पुनः यो उपनिर्वाचन सरकारकै पक्षमा जानेछ । यसका लागि आगामी समयमा हुने उपनिर्वाचन निकै नै स्वच्छ, स्वस्थ, भयरहित वातावरणमा गर्न र गराउन भने नितान्त जरूरी छ ।
जनताले आफूले देखेको, जानेको, मानेको, चिनेको, ठानेको मनपर्ने व्यक्तिलाई ढुक्कका साथ मतदान गर्ने वातावरण आवश्यमेय सिर्जजना हुनुपर्दछ । जनता कुनै पनि डर, त्रास, धाक, धम्की, कहर, बाध्यता वा लोभ लालचमा परेर वा पारेर आफूले जाने, मानेको र ठानेको व्यक्ति विशेषलाई भोट हाल्न र खसाल्नबाट कसैले पनि प्रेरित गर्नुहुन्न र वञ्चित गर्नुहुन्न ।
जनताको ब्रहमले देखेको कुरा स्वतस्फूर्त रूपले प्रयोग गर्न पाए भने मात्र सही परिणाम आउनछ र निस्कने छ । सरकारले यतिबेला आफ्नो शक्ति र सत्ताको दुरूपयोग गर्नु मनासिव हुनेछैन भने प्रतिपक्षले पनि सरकारको कमजोरीको उछितो काढ्नु हुनेछैन । दुबै आ–आफ्नो क्षेत्रबाट अति धैर्य, संयममित र अनुशासित भएर जनताको मतको अभिलाषा गर्नुपर्नेछ ।
जनमतको कदर गर्नु नै लोकतन्त्रको मूल्य र मान्यता हो । आज जनताले आफ्नो पक्षमा काम भएको ठान्छन् वा ठान्दैनन् त्यसको जवाफ पनि जनताले मौन रूपमै भएपनि दिने नै छन् । नेपाली ाँग्रेस प्रतिपक्षमा रहेर पनि देश र जनताका लागि जाग्न सक्यो कि सकेन ?
देश र जनताको हित र पक्षमा काम गर्नको लागि सरकारलाई खबरदारी गर्न सक्यो कि सकेन ? त्यसको जवाफ पनि नेपाली जनताले मौन रूपमै दिनेछन् । यतिबेला सिङ्गो देशको जनमत न आएपनि आंशिक रूपमा जो जनमत आउने छ, त्यसले भविष्यको निश्चय नै संकेत गर्नेछ । हुन त नेपालमा नेपाली जनताले सबै दल, पार्टी, शक्ति, व्यक्ति र समूहलाई देखिसकेका छन्, चिनिसकेको छन् ।

जनताले सबैको विकल्प खोजेको अवस्थामा हुन लागेको यो उपनिर्वाचन आफैमा शक्तिशाली तराजु भने अवश्य नै हो । सरकार र प्रतिपक्ष दुबैले बुझ्नु पर्ने कुरा के हो भने यतिबेला जनता पक्कै पनि पूर्ण सन्तुष्टी छैनन् । जनताका अगाडि जे जस्ता बाँचा प्रतिवद्धता जारी भए र आएपनि ती चुवानी मैदानका गुलिया नारा हुन् र जनता झुक्याउने ललिपप हुन् भन्ने थाहा पाइसकेको छ । त्यसैले अब भनेर होइन गरेर देखाउने बेला आएको छ । प्रतिपक्षमा बस्दा देश र जनताको हालत एक–एक गरी देख्ने र सरकारमा जनता रमाएर भोट हाल्नेवाला छैनन् ।


जानीसकेका छन् । बुझिसकेका छन् । छानीसकेको छन् । छामी सकेका छन् । हेसिसकेका छन् र चाखी सकेका पनि छन् । बाँकी रहेको र धोको रहेको कुनै पनि शक्ति र व्यक्ति छैन तथापि यतिबेलाको जल्दोबल्दो यथार्थतालाई पनि जनताले कि नारा लगाइदिने छन् । जनताको राजनीतिमा वितृष्णा जागिसकेको अवस्था हुँदाहुँदै पनि आफ्नो मताधिकारको प्रयोग गर्दा विगतको निर्णय ठीक वा बेठीक ?
आत्मसमीक्षा गर्दै आफूलाई सच्याउनेमा दुईमत भने देखिदैन । तर वास्तविक र यथार्थ कुरा के हो भने आजको यो उपनिर्वाचन सरकारको पक्षमा गयो भने पनि सरकार सन्तुष्टी हुने आफ्नो काम कार्यमा पूर्ण सन्तुष्टी लिने र मात्तिने भने कदापि गर्नुहुन्न । किनभने देश र जनताका पक्षमा काम गर्नुपर्ने थुप्रै विषयहरू अलपत्र छन् र जनता एक किसिमकले आक्रोशमा छन् ।
त्यसैले सरकारका पक्षबाट आफूलाई जनि समर्थन आयो उनि जनपक्षीय काम गर्दै जानुपर्छ । जनमतको पूर्ण कदर हुनुपर्दछ । जनभावनको पूर्ण सम्बोधन हुनुपर्छ । सरकार कहिल्यै मात्तिनु हुँदैन र हौसिनु पनि हुँदैन । आजको निर्वाचन सरकारकै पोल्टामा परे पनि सरकारले आफूलाई पूर्ण सफलताको सकार भनेर दम्भरूपी घोषणा गर्नुहुँदैन ।
त्यसैगरी आगमी निर्वाचन प्रतिपक्षको पोल्टामा गएछ वा परेछ भने पनि नेपाली काँग्रेसले आफूलाई हामी पूर्णरूपमा सच्चियौँ र मच्चियौं भनेर कहिल्यौ सोच्नु हुन्न । नेपाली काँग्रेसमा पनि आमूल परिवर्तनको खाँचो छ । आज देशमा जरी सरकार र प्रतिपक्ष चलिरहेको छ, यसले साँच्चिनै भन्ने हो भने जनतालाई भोट नै नहाल्ने स्थितिमा समेत पु¥याएको छ किन भने कसैबाट पनि आशा र भरोसा त पूरा भएन ।
त्यसैले जनताले यी सबैको विकल्प खोजको अवस्थामा हुन लागेको यो उपनिर्वाचन आफैमा शक्तिशाली तराजु भने अवश्य नै हो । सरकार र प्रतिपक्ष दुबैले बुझ्नु पर्ने कुरा के हो भने यतिबेला जनता पक्कै पनि पूर्ण सन्तुष्टी छैनन् ।
जनताका अगाडि जे जस्ता बाँचा प्रतिवद्धता जारी भए र आएपनि ती चुवानी मैदानका गुलिया नारा हुन् र जनता झुक्याउने ललिपप हुन् भन्ने थाहा पाइसकेको छ । त्यसैले अब भनेर होइन गरेर देखाउने बेला आएको छ ।
प्रतिपक्षमा बस्दा देश र जनताको हालत एक–एक गरी देख्ने र सरकारमा जनता रमाएर भोट हाल्नेवाला छैनन् । आजकै स्थिति र परिस्थितिले निरन्तरता पाइरहेने हो भने भोलिका दिनमा जनताले भोट बहिस्कार गर्न पनि सक्ने छन् ।
त्यसैले जनताले कसैलाई न कसैलाई त भोट देलान् भन्ने मानसिकता पालिरहन पनि कुनै जरूरी छैन । जनताले आफ्नो अधिकार जसरी भएपनि प्रयोग गर्न पाउने छन् । किनभने हरेश देशको लोकतन्त्र तथा प्रजातन्त्रमा जनता सर्वेसर्वा हुन्छन् र जनतालाई जनार्दन ठहर्छन् ।
यसलाई हेक्का राख्नु र त्यसलाई स्वीकार्नु सबैको कर्तव्य र दायित्व हो । सरकार स्वयम्का लागि पनि यो समयको निर्वाचन भनेको अर्धवार्षिक परीक्षा जस्तै हो । पाँच वर्ष अवधिमा २१ महिना गुजार्नु भनेको लगभग आधाआधीको समय पनि हो ।
यो अर्धवार्षिक परीक्षाको नजिता तथा प्राप्त गरेको जनमतले नै आगामी पाँच वर्षपछिको वा पाँच वर्ष पुगेपछिको निर्वाचनको नजितालाई उर्जा, बल र नम्बर पद्रान गर्नेछ । त्यसैले आजको यो समयको उपनिर्वाचनमा सरकार तथा प्रतिपक्ष दुबैले आफू अग्नीपरीक्षामा रहेको आभाष गर्दै जनताको अदालतमा चेकजाँच हुँदै गरेका अवस्थालाई बिर्सनु हुनेछैन ।
पाँच वर्षको झण्डै मध्य समयममा आएर जनता समक्ष ताजा जनादेश लिन पाउनु दुबैका लागि अवसर र चुनौती हो । यो उपनिर्वाचनले दुबैलाई ठूलो शिक्षा दिनेछ र ठूलो सवक सिकाउने पनि छ । यसले सरकार र प्रतिपक्षमा रहेका दुबै समूहलाई स्वमत पनि खुवाउने छ । यसले दुबै समूहलाई राजनीतिको ठूलो पाठ पनि सिकाउने छ ।
जनताको नजरमा वा जनताको नजिकका जानु पर्दा के लिएर जानुपर्ने रहेछ ? त्यसको पनि अब हेक्का राख्न जरूरी छ । सदाझै खाली आशा, आश्वासन र प्रतिपक्षका खाली र रित्ता पोका बोकेर ठूलै पाहुर ठानेर जनता समक्षा भोट माग्न जाने शक्ति र समूहलाई पनि जनताले जनताले चिनिसकेका छन् र जानीसकेको छन् । चाहे त्यो सरकार होस् वा चाहे त्यो प्रतिपष होस् ।
जो कोही पनि जनताका समक्ष जाँदा खाली हात जानोस्, रित्तो हात जानोस्, कुनै पोका पतौरा नबोक्नुहोस् तर भरिएको हृदय, सच्चा मन, सच्चा भावना, सुन्दर दृष्टि, सुन्दर सपना र आफूले हिजो देश र जनताका लागि गरेका काम कार्यको दस्तावेज बोकेर जानुहोस् । यो नै जनताका लागि सर्वेसर्वा ठहरिने छ ।
रित्तो डोको र रित्तो पोकोलाई सजाएर यसभित्र के–के न छ ? भन्ने भान र भ्रम कुम्ल्याएर जनताको मन चोर्नुभन्दा आजैदेखि सरकार र प्रतिपक्ष दुबैले आफ्नो तन, मन र बचनलाई सजाएर, सुधारेर, शुद्ध र पवित्र बनाएर आफ्नो असल काम र कीर्तिमान जनताको मन मुटुमा कोर्न सके ठूलो सफलता मिल्नेछ ।
आजको समयमा झुट र ठगीको खेती गर्ने व्यक्ति, शक्ति र समूह यत्रतत्र र सर्वत्र पाइन्छन् । तर सत्य सच्याइको खेती गर्ने असल व्यक्ति, शक्ति र समूह दिउँसै बत्ती बालेर खोज्नुपर्ने बेला आएको छ । यो बेला र समयमा देशको राजकीय सत्ता सम्हाल्ने र तयसको निगरानी गर्ने दुबै समूह अति गम्भीर र चनाखो हुन नितान्त जरूरी छ ।
जनता अब हिजोका होइनन् र छैनन् । यो सबै राजनीतिक दलले पढाएर र सिकाएर भएका हुन् । जनतलाई अब सधैं भ्रम र जालमा पार्ने कुचेष्टा नगर्दा पनि हुन्छ । चुनावी माहोल हो, मैदानमा उत्रिनुपर्छ भनेर नै समय–समयमा देश र जनताको पक्षमा काम गर्नुपर्दछ । आजको घडीमा काम लाग्ने र देखाउने भनेको जनपक्षीय र राष्ट्रपक्षीय काम हो ।
यो बाहेक अरू कुनैको काम र अर्थ पनि छैन । उपनिर्वाचनको दुबै प्यानमा बसेका सरकार तथा प्रतिपक्ष यतिबेला जनताले आफ्ना पक्षमा गरेका काम र कीर्तिलाई लिएर नाप्दैछन्, तौलदै छन्, जोख्दैछन् र दाँज्दैछन् । कसको पल्ला भारी, कसको पल्ला सारी ? थाहा हुने नै छ । जनता सबैका भाग्य विधाता हुन् ।
जनताले चाहेको सगरमाथा र जनताले नचाहेको पाताल भन्ने कुरालाई गम्भीर मनन् गर्दै खाली खोल रित्ता पोका, विकामी झोला, खहरे खोला, लिलामी डोका र नक्कली पोकालाई जनताका लागि भविष्यको उपहार ठानेर, मानेर र जानेर यो चुनावी मैदानमा जनताको भेटमा प्रस्तुत हुने जमर्को नगर्नुहोला किनभने तपाई दुबै तराजुमा हुनुहुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here