Saturday, April 20, 2024
Homeफिचरअर्घाखाँचीमा बस दुर्घटना १९ को मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना १९ को मृत्यु

- Advertisement -spot_img

दाङ, १२ मंसिर ।
अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । सन्धीखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
१७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । सन्धीखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १५ जनाको बुटवलमा उपचार भइरहेको छ । एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि राति नै काठमाडौँ पठाइएको खत्रीले बताए । १८ जना घाइते मध्ये दुईजनाको अवस्था सामान्य रहेको उनले बताए । अहिलेसम्म मृत्यु हुनेमध्ये आठजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा रुपन्देही बाँसगढीका ३१ वर्षीय वसन्त भन्ने चालक ओम बहादुर थापा, सन्धिखर्क नगरपालिका वडा–७ बस्ने ५६ वर्षीय शिवलाल भट्टराई, बलराम भट्टराई, ५० बर्षीया माया पुरी, २२ वर्षीया मनिका खड्का, भुमिकास्थान नगरपालिका–९का १९ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका–३की सीता भाट, सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत गुल्मीका राजकुमार महत रहेका छन् ।
अन्य मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । चालकको समेत घटनास्थलमै मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक खत्रीले बताए । उनका अनुसार दुर्घटना भएको सडक निर्माणको क्रममा थियो । बस सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here