- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरहिंसा बुझदैनन् महिलाहरू

हिंसा बुझदैनन् महिलाहरू

- Advertisement -spot_img

तुलसीपुर, १२ मंसिर । लैंगीक हिंसाका विरूद्ध १६ दिने अभियान चलिरहँदा यहाँका वास्तविक हिंसाीपडित महिलाहरू लैंगीक हिंसाका बारेमा थाहा नै नभएको बताउँछन् । पारिवारीक आर्थिक अवस्थाकै कारण विभिन्न प्रकारका हिंसा खेपिरहेका उनीहरू आफूलाई कस्तो व्यवहार भईरहेको छ ? भन्ने विषयमा समेत बुझ्न सकिरहेका छैनन् ।
दैनिक पारिवारीक झैझगडा र गालीगलौच सहेर वर्षौदेखि घर व्यवहार चलाउँदै आएका महिलाहरू लैंगीक हिंसा के हो ? भन्ने विषयमा केही थाहा नहुँदा श्रीमान र परिवारको जस्तोसुकै व्यवहार पनि सहेर बस्नु पर्ने बाध्यता रहेको बताउँछन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १४ निवासी बिमला वली लैंगीक हिंसा कस्तो प्रकारको हिंसालाई भनिन्छ ? भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछिन् । गरिवी र अशिक्षाकै कारण पारिवारीक झैझगडा र परिवारका सदस्यहरूको गाली गलौच सहनुपर्ने बाध्यता रहेको बताउँदै उनले आफूमाथि गरिने व्यवहार हिंसाभित्र पर्छन् वा पर्दैनन् ?
भन्ने थाहा नभएको उनको भनाइ छ । ‘श्रीमान विदेश भएपनि पैसाकै कारण परिवारका सदस्यहरूबाट विभिन्न प्रकारका भनाइहरू सहनुपर्छ, बाहिर कसैलाई भनौँ भने कसरी भनौँ ? उनले भनिन्– ‘श्रीमान आएपछि लेनदेनको विषयमा कुटाकुट पनि हुन्छ, भन्न कहाँ जानु आफैलाई लाज लाग्छ ।’
आफूमाथि हिंसात्मक व्यवहार हुँदा कहाँ गएर कसलाई भन्ने ? कसरी भन्ने ? यदि भनिहाले गाउँ समाजले के भन्लान् ? आफन्तीले घरका कुरा बाहिर ल्याए कस्तो व्यवहार देखाउलान् ? भन्ने डरले कुनै पनि महिलाहरू आफ्नो पीडा र समस्या खुलस्त बताउन नसक्ने उनले बताईन् । महिला भएकै कारण घरपरिवारमा दिइने शारीरिक, मानसिक र यौनीक पीडाहरू लैंगीक हिंसाभित्र पर्छ भन्ने विषयमा हिंसापीडित महिलाहरू नै प्रष्ट नभएको समाजसेवी झगुलाल विकले बताए ।
विशेषगरी गाउँघरतिर स–साना विषयमा समेत महिलामाथि अभैm पनि शोषण र दमन हुने गरेको उनको भनाइ छ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गर्ने महिलाहरूमा आफूमाथि हुने कस्ता व्यवहारलाई हिंसा भनिन्छ ? भन्ने विषयमा जानकारी हुन थालेको भएपनि दिनरात अरूको अभद्र र असभ्य व्यवहार सहने वास्तविक महिलाहरू आफूमाथि हुने र गरिने व्यवहारलाई कस्तो प्रकारको हिंसा भनिन्छ ?
भन्ने विषयमा कुनै जानकार नभएको उनले बताए । ‘अहिले लैंगीक हिंसाका विरूद्ध १६ दिने अभियान चलिरहेको छ, तर अभियान कस्का लागि र के का लागि ? भन्नेबारे गाउँघरका महिला दिदीबहिनीहरूलाई केही थाहा छैन ?’ उनले भने– ‘उनीहरूका हक, अधिकार र समानतका कुरालाई सहर केन्द्रित मात्र होइन गाउँ–गाउँ, टोल र परिवार समक्ष पु¥याउनुपर्ने आवश्यकता छ ।’
लिङ्गको अधारमा गरिने भेदभाव, असमान व्यवहार, बालविवाह, बहुविवाह, मानसिक यातना, कुटपिटलगायतका हिंसाहरूलाई लैंगीक हिंसा भनिन्छ र कसैले यस्ता व्यवहार गरे कानुनी कारवाही तथा दण्डजरिवाना गरिन्छ भन्नेवारे सबैलाई सचेत गराउनु पर्ने उनले बताए ।

लैंगीक समानताका कार्यशाला

यसैबीच लैंगीक हिंसाका विरूद्ध १६ दिने अभियानअन्तर्गत दाङको लमहीमा लैंगीक उत्तरदायी बजेट योजना तर्जुमा तथा लैंगीक समानता विषयक एकदिने कार्यशाला गोष्ठी भएको छ । समाजमा महिला र पुरूषबीचको विभेदलाई अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि उक्त कार्यक्रम गरिएको हो ।
लमही नगरपालिकाका नगरप्रमुख लोक बहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लमही नगरलाई लैंगीक हिंसामुक्त बनाउनका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा छलफल गरिएको थियो ।
आफ्नो पालिकालाई समानतामूलक बनाउनका लागि आगामी योजना तर्जुमा, कार्यनीति, बजेट तर्जुमाका विषयमा समेत छलफल गरिएको हो । कार्यक्रमा लमही नगरपालिकाका प्रमुख केसीले हामी र हाम्रो समाज लैंगीक हिंसाका विषयमा कति जानकार छ ? हामी कुन अवस्थामा छौँ ? भन्ने कुरालाई स्वविवेकले मनन् गर्नुपर्ने बताए ।
समूहगत रूपमा गरिएको उक्त छलफलमा विभिन्न स्थानीयतहका प्रतिनिधिहरूले सर्वप्रथम आफ्नो स्थानीय तहमा बजेट विनियोजन प्रक्रियालाई समावेशी बनाउनुपर्ने बताए । उक्त छलफलमा सुशील बस्नेतले समानताको हक धारा १८, महिलाको हक धारा ३८, सामाजिक न्यायको हक धारा ४२ का संवैधानिक व्यवस्थाका बारेमा जानकारी दिएका थिए ।

महिला पुनस्र्थापना केन्द्र

(आरेक) दाङको आयोजना तथा लमही नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा संस्थाको कार्य विवरण ओरेक जिल्ला संयोजक ईश्वरी थापाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण दीपा धितालले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here