- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनिर्माण कार्यमा गतिरोध हटाउन छलफल

निर्माण कार्यमा गतिरोध हटाउन छलफल

- Advertisement -spot_img

देउखुरी, १२ मंसिर । निर्माणाधिन लमही–कोइलाबास हुलाकी सडकको निर्माणमा देखिएको अवरोध हटाउन बुधबार लमहीमा सर्वपक्षीय छलफल भएको छ । सर्वपक्षीय छलफलमा हुलाकी सडक निर्माणको क्रममा देखापरेको अवरोध हटाउने विषयमा सरोकारवालाहरूले आ–आफ्नो धारणा राखेका छन् ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सम्पन्न सर्वदलीय छलफलमा प्रमुख केसीले हुलाकी सडक आयोजानले निर्माणको काम गर्दा स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै आपत्ति जनाएका थिए । उनले स्थानीय सरकारसँग समन्वयको अभावमा सडक निर्माणको कामले सार्थकता पाउन नसक्ने भन्दै निर्माणका काममा भईरहेको प्रगति र अवरोधको बारेमा स्थानीय सरकारलाई जानकारी गराउन आयोजना निमित्त प्रमुखलाई आग्रह गरेका छन् ।
त्यस्तै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले केन्द्रले तोकेअनुसार मुआब्जा पाएका घरहरू भत्काउन गाउँपालिकाले सहयोग गर्ने बताए । छलफलमा हुलाकी सडक आयोजना समन्वय समितिका संयोजक भेषराज पाण्डेले मुआब्जाको विवाद समाधानसँगै निर्माणका क्रममा देखिएका गतिरोध हटाउन समन्वय र छलफल हुन जरूरी रहेको बताए ।
कार्यक्रममा सडकको बीच भागमा पर्ने विद्युतको पोल सार्न तथा निर्माणको क्रममा खानेपानी बिजुलीजस्ता अत्यावश्यक चिजहरूको ब्यवस्थापन समझदारी तरिकाबाट गरिनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीले आयोजना सञ्चालनका लागि उत्पन्न अवरोध हटाउन र आयोजनाले दिने क्षतिपूर्तिको बारेमा दुबै पक्ष प्रष्ट हुन जरूरी रहेको बताए ।
साथै उनले सडकको दायाँ बायाँ छोडिने जग्गा र उक्त जग्गाको क्षेत्रफल बारेमा पनि आयोजनाले सर्वसाधारणलाई समेत जानकारी दिनुपर्ने बताए । कार्यक्रममा नागरिक समाज, सञ्चारकर्मी विभिन्न पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधि, आयोजनाका कर्मचारी, ठेकेदार विद्युत खानेपानी क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
छलफलले सडकमा भएका बिजुलीका खम्बाहरू सार्ने समझदारीसमेत गरेको छ । त्यस्तै सडकको मापदण्ड ३० मिटर भए पनि हाललाई बजार क्षेत्रमा १८ मिटरको नालासहितको सडक बनाउने सहमति भएको छ ।
यस्तै कार्यक्रमका अध्यक्ष एवं लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले १८ मिटर क्षेत्रफल छुट्याएपछि नगरपालिकाले सार्वजनिक सूचना निकाल्ने र तुरून्तै निर्माणको काम अगाडि बढाउने बताए ।
कार्यक्रममा उपप्रमुख देवका बेल्वासे, ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, नेपाल विद्युत प्राधिकरण लमही शाखाका प्रमुख पुष्पराज मल्ल, लमही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दण्डीराम चौधरी,नेपाली काँग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे,
नेकपाका अमर कँवर नवीन, वडा नं. ५ का वडा अध्यक्ष बिमबहादुर केसी, नागरिक समाजका निमबहादुर थापा, हुलाकी राजमार्ग निर्माण आयोजना कार्यालय नेपालगंजका निमित्त प्रमुख रामसागर हरिजन, निर्माण कम्पनीका ठेकेदार, पत्रकार र स्थानीयहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here