- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरविदेशमा संस्कृत शिक्षाको महत्वबारे छलफल

विदेशमा संस्कृत शिक्षाको महत्वबारे छलफल

- Advertisement -spot_img

दाङ, १२ मंसिर । विदेशमा संस्कृत शिक्षाको महत्व र अवस्थाबारे सोमबार जनता विद्यापीठ विजौरीमा छलफल भएको छ । छलफल कार्यक्रममा बेलायतमा संस्कृत शिक्षाको अवस्थाबारे प्रस्तुति राख्दै बेलायतको सेन्ट जेम्स स्कुलकी सञ्चालक हेलेन हापरले त्यहाँ संस्कृत शिक्षामा पठनपाठन भैरहेको जानकारी दिइन् । उनले संस्कृत शिक्षाले जीवनमा अनुशासन, आत्मविश्वास, शान्ति, नैतिकता र सामाजिक मूल्य मान्यता सिकाउने बताइन् ।
बेलायतमा संस्कृतका धेरै पुस्तकहरू अंग्रेजीमा अनुवाद गरेर पढ्ने गरिएको उनले जानकारी दिइन् । संस्कृतप्रति विद्यार्थीहरूको आकर्षण रहेको र संस्कृत पढेका धेरै विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफल भएको उनले बताइन् ।
कार्यक्रममा हिन्दू विद्यापीठका प्राधानाध्यापक भोलानाथ योगीले संस्कृत शिक्षाको महिमा विश्वका विभिन्न देशहरूमा रहेको बताए । नेपालमा संस्कृतलाई कम महत्व दिए पनि युरोपका धेरै देशहरूमा यसको पठनपाठन भैरहेको उनले बताए । संस्कृत पूर्वीय दर्शनको केन्द्र भएकाले यसको महत्वप्रति नेपालीहरू सचेत हुन जरूरी रहेको योगीले बताए ।
जनता विद्यापीठका निमित्त प्राचार्य योगराज शर्माले विदेशमा संस्कृत शिक्षा पठनपाठन भैरहेको जानकारी पाउँदा खुशी लागेको बताए । यसले संस्कृत शिक्षाको व्यापकता र महत्वलाई अझ बढावा दिएको उनले बताए । प्राध्यापक संघ जनता विद्यापीठ इकाईका सभापति शिवप्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण उपप्राध्यापक दुर्गालाल केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here