- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरउपनिर्वाचन बहिष्कार गर्ने चार पक्राउ

उपनिर्वाचन बहिष्कार गर्ने चार पक्राउ

- Advertisement -spot_img

सल्यान, १२ मंसिर । सल्यानमा उपनिर्वाचन वहिष्कार गर्ने युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचनको विरोध गर्दै हिडेका चारजना युवाहरूलाई जिल्ला प्रहरी कार्यालय सल्यानले बहिष्कार पर्चासहित पक्राउ गरेको हो । आगामी मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचन बहिष्कारको आन्दोलन घोषणा गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका चारजना नेता तथा कार्यकर्तालाइ प्रहरीले गिरफ्तार गरेको हो ।
सल्यानको कुमाख मालिकाको ५ नं. मा वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनको विरोध गर्दै हिडेका उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कर्णाली प्रदेश इञ्चार्ज एवं पोलिटब्यूरो सदस्य ६० वर्षिय चक्रपाणि शर्मा, जनगणतान्त्रिक मोर्चाका केन्द्रय सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज ४२ वर्षीय दिपकबहादुर शाही, जिल्ला सचिव ६८ वर्षीय चक्रबहादुर शाह र जिल्ला सदस्य ३८ वर्षीय हिरालाल गोसाई रहेको प्रहरीले जनाएको छ ।
कुमाख गाउँपालिका–५ बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट उपनिर्वाचन बहिस्कार गरौँ, संघीय गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने नारा लेखिएको पर्चा भेटिएको डिएसपी खतिवडाले जानकारी दिए ।
आरोपितलाई जिल्ला प्रशासन कार्यालयले बुधबार नै सातदिने म्याद थप गरी अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले जानकारी दिए । उनले निर्वाचन विथोल्न खोज्ने र आचारसहिंता विपरीत काम गर्ने जोसुकैलाई पनि कडा कारवाही गरिने चेतावनी दिए । निर्वाचन अवधिभर आचारसंहिता उल्लघङ्न वा निर्वाचन विरोधी गतिविधि नगर्न समेत उनले सबैलाई आग्रहसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here