- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर‘म’ पश्चिम दाङको विकासका लागि

‘म’ पश्चिम दाङको विकासका लागि

- Advertisement -spot_img

मंसिर १४ गते हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढिसकेको छ । उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा पुगेर भेटघाटमा व्यस्त बनेका छन् । मतदाता पनि कस्तो उम्मेदवारलाई छनौट गर्ने भन्ने सोंचमा छन् । दाङमा ३ को (ख) मा हुने प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । प्रदेशसभा सदस्यका लागि १२ राजनैतिक दल र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । सबै उम्मेदवार आफ्नो जित सुनिश्चित भएको भन्दै मतदातासँग भोट माग्ने गरेका छन् । प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसले केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ । चुनावी प्रतिस्पर्धामा रहेका आचार्यसँग आज हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेप ।


जनताका सामान्य आधारभूत आवश्यकता पूरा हुनुपर्छ भनेर लागेका छौँ । अनि अहिले देखिएको भ्रष्टाचारको अन्त्य गरी विकासका सम्भावना र अवसरलाई छोपेर नागरिकले परिवर्तन महशुस गर्ने गरी विकास गर्नेछौँ भनेका छौँ ।


तपाईको उम्मेदवारी किन ?

पश्चिम दाङको समग्र विकासको लागि हो । पश्चिम दाङका नागरिक अहिले पनि बेराजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्यामा छन् । यहाँ देखिएका समस्यालाई दीर्घकालिन अन्त्य गर्नका लागि मेरो उम्मेदवारी हो ।
जनताको सरकारको अनुभूति नागरिकले गर्न पाएका छैनन् । अभाव र दबावमा रहेका नागरिकलाई विकास निर्माण र सुशासन स्थापित गर्न मेरो उम्मेदवारी हो । मेरो अर्को कुरा म जनप्रनिनिधि भएर मात्र होइन्, प्रनिनिधि नहुँदा पनि पश्चिम दाङको विकासका लागि विभिन्न पहल भएका छन् ।
अहिले जिम्मेवार निकायमा आधिकारिक ढंगले काम गर्नका लागि पनि प्रदेशसभा सदस्यका पदका लागि उम्मेदवारी दिएको हो । नागरिकले साथ दिनुहुन्छ भन्ने म पूर्ण आशामा छु । स्थानीयस्तरमा जन्मे हुर्केको ठाउँ नै यतै भएका कारण पनि मत परिणाम मेरो पक्षमा आउँछ भन्ने हो ।

चुनावी गतिविधि कस्तो छ ?

ठिकै छ, अहिले हामीहरू चुनाव चिन्ह लिएर मतदाता भेट्न घरदैलो अभियानमै छौँ । म अहिले मतदातासँग भेटघाट गरिरहेको छु । हामी ७/८ वटा समूह भएर चुनावी प्रचारमा लागेका छौँ । निर्वाचन क्षेत्रको विभिन्न स्थानमा चुनावी गतिविधि झल्कने कार्यक्रमहरू पनि गरिरहेका छौँ ।
नेपाली काँग्रेसले अहिले २५ वटै वडाका सबै टोलमा विभिन्न चुनावी कार्यक्रमहरू पनि गरिरहेको छ । म पनि निरन्तर रूपमा मतदाता यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाटमै व्यस्त बनेको छु ।

जनता के भन्छन् ?

नागरिकहरू त अहिलेको सरकारका गतिविधिप्रति असन्तुष्ट देखिएका छन् । सरकारले भ्रष्टाचार, महंगी बढाउने अवस्थाले जनतामा निराशा र आक्रोस देखिएको छ । अहिलेको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार छान्ने मनस्थितिमा जनता छन् ।
जनता महंगी, भ्रष्टाचारका विरूद्ध काँग्रेसलाई खबरदारी गर्ने जनमत दिने प्रतिवद्धता गर्नुभएको छ । स्थानीय नागरिक दाजुभाइ तथा दिदिबहिनीहरूले मलाई नै भोट दिने हो भन्ने प्रतिवद्धता गर्नुभएको छ । नागरिकस्तरबाट राम्रो साथ रहने अपेक्षा गरेका छौँ । विकास निर्माण प्रक्रियामा नेपाली काँग्रेस र म स्वयम् व्यक्तिगत रूपमा गरेको नागरिकले सम्झिएका छन् ।

जनताले कस्ता किसिमका विकास मागेका छन् ?

अहिले जनताले मागेको भनेको नै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायका सुविधाको सहज होस् भनेका छन् । हामी चुनावी मत माग्न घरदैलोमा पुग्दै गर्दा खेरी जनताले जतिसक्दो छिटो देखिने गरी विकास मागेका छन् । जनतामा विकासप्रतिको आकांक्षा तिब्र छ । तिब्र आकांक्षालाई सम्बोधन गर्नका लागि म लाग्ने छु भन्ने प्रतिवद्धता गर्दछु ।
अनि अहिले विषेशगरी गाउँमा अधिकांश युवा रोजगारीका लागि विदेश पुगेका कारण वृद्ध नागरिक र बालबालिका बढी छन् । अर्थात् देशमा रोजगारीको व्यवस्था छैन् । युवा विदेशिनु परेको छ । स्वदेशमै रोजगारी हुनुपर्ने आम मतदाताको माग छ । हामी देशमा जतिसक्दो धेरै युवालाई रोजगारी दिने गरी काम अघि बढाउने छौँ ।

एजेण्डाहरू के–के हुन् ?

स्थानीयस्तरमा नागरिकलाई सडक, खानेपानी, सिंचाई, स्वास्थ्य लगायतका कुरा बढीभन्दा बढी आवश्यकता देखेको छु । ति कुराहरू नै हामीले एजेण्डा बनाएर लगेका छौँ । जनताका सामान्य आधारभूत आवश्यकता पूरा हुनुपर्छ भनेर लागेका छौँ ।
अनि अहिले देखिएको भ्रष्टाचारको अन्त्य गरी विकासका सम्भावना र अवसरलाई छोपेर नागरिकले परिवर्तन महशुस गर्ने गरी विकास गर्नेछौँ भनेका छौँ । सुशासनरहित समाजको निर्माण गर्ने, गरिब तथा विपन्न नागरिकको जीवनस्तर उठाउने र स्थानीय सरकारप्रति विश्वास बढाउने काम गर्नेछौँ । छोटो समयभन्दा पनि दीर्घकालिन रूपमा फाइदा पुग्ने गरी योजना बनाईरहेका छौँ ।

चुनावअघि त सबैका नारा लोकप्रिय हुन्छन्, तर पछि कार्यान्वयन हुँदैन् ? 

हो एकदम सही हो तर म मा यो कुरा लागू हुँदैन् । त्यसैले मैले ठूलाभन्दा सामान्य आवश्यकतालाई सम्बोधन गर्नका लागि चुनावी मैदानमा छु । कुराभन्दा काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ म लागेको छु । जनताले आफ्ना आवश्यकता पूरा नभए खबरदारी गर्न पनि सक्नुहुन्छ । हामीले सकेसम्म त्यो अवस्था ल्याउने छैनौँ ।

जनताका लागि अहिलेसम्म के के गर्नुभयो ?

मैले थुप्रै काम गरेको छु, निरन्तर लामो समयदेखि नै लागेको छु । मैले समाज सेवा गरेको कुरा आमनागरिकलाई थाहा छ । जनताको काम गर्दा जनताका समस्यालाई नियाल्ने प्रयास गरेको छु । सम्भव हुने कामहरू समाधान पनि गरेको छु ।
राजनीतिमा लागेर मात्र जनताको सेवा गरिन्छ भन्ने होइन्, अन्य विभिन्न माध्यमबाट पनि जनतालाई सेवा दिएको छु । लामो समय राजनीतिक सेवामा लाग्दाखेरी जनताका समस्यालाई बुझ्ने प्रयास गरेको छु । नागरिकले साथ दिनुहुन्छ भन्ने आशामा छु ।

मतदातालाई के भन्नुहुन्छ ?

म के भन्न चाहन्छु भने नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार म केशवराज आचार्यलाई रूख चिन्हमा भोट हालेर अत्याधिक बहुमतले विजयी बनाउन आग्रह गर्दछु । हाम्रोभन्दा पनि राम्रो उम्मेदवार छनौट गर्न पाउने आम मतादाताको अधिकार हो ।
त्यसैले यस्तो सुनौलो अवसरमा योग्य, दक्ष र सक्षम उम्मेदवार छनौट गर्नुहुनेछ भन्ने विश्वास छ । मत भनेको कसैलाई सहानुभूति दिनलाई भन्दा पनि यहाँको विकास गर्नसक्ने दक्ष उम्मेदवार छनौट गर्नुहोला ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here