- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकाँग्रेसको जित सुनिश्चित

काँग्रेसको जित सुनिश्चित

- Advertisement -spot_img

दाङ, ११ मंसीर । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित भईसकेको नेपाली काँग्रेसका नेताहरूले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को जुरूट्टेमा आयोजना गरिएको चुनावी सभामा सहभागी नेताहरूले उपनिर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित भईसकेको बताएका हुन् ।
यो निर्वाचनका लागि काँग्रेसको पक्षमा जनलहर आईसकेकाले जित सुनिश्चित भएको उनीहरूको भनाइ छ । नेपाली काँग्रेस वडा इकाई समितिले आयोजना गरेको चुनावी सभामा बोल्दै काँग्रेस नेतृ एवं राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ लगायत देशैभर काँग्रेसको पक्षमा जनलहर आइसकेको हँुदा नतिजा पनि काँग्रेसकै पक्षमा आउने बताइन् ।
उनले दाङको प्रदेशसभा सदस्यको निर्वाचन र वडा अध्यक्षको निर्वाचनमा काँग्रेसको जित सुनिश्चित भएको दाबी गरिन् । देवकोटाले देशमा भएका हरेक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको,
विकासका हरेक काम काँग्रेसकै पालामा भएको हुँदा जनताले काँग्रेसको कामको मूल्यांकन गर्दै मत दिएर विजयी बनाउने विश्वास पनि व्यक्त गरिन् । प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले सरकारको नेतृत्व गरेको नेकपाले शक्तिको दुरूपयोग गरेको बताए ।
सत्तामा भएको आडमा जनताको समस्या नसुनेर कार्यकर्ताहरूको मात्र समस्या समाधानमा नेकपा लागेकाले जनताको समस्या जस्ताको त्यस्तै भएको बताए । यो निर्वाचनमा काँग्रेसलाई मत दिएर विजयी बनाएमा जनताको मतको महत्व नेकपाले बुझ्ने श्रेष्ठको भनाइ थियो ।
संविधान सभा सदस्य राजु खनालले काँग्रेसको पालामा भएको विकासलाई अहिलेको सरकारले आफूहरूले गरेको विकास भन्दै भजाउने गरेको बताए । जनताको समस्या समाधान गर्न नसक्ने सरकारको कुनै काम नभएको भन्दै नेपाली काँग्रेस सधै जनताको साथमा भएको बताए । उनले घोराही–१६ का विभिन्न विकासका काम आफू सांसद हुँदा भएको उनको दाबी थियो । सडक, विद्युत एवं पुलको काम सांसद हुँदा गरेकाले त्यसको मूल्यांकन वडाबासीले काँग्रेसलाई मत दिएर गर्नुपर्ने बताए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भूपबहादुर डाँगीले जनतालाई झुक्याएर अघिल्लो निर्वाचनमा विजयी भएकाहरूले जनताको पक्षमा काम गर्न नसकेको हुँदा जनताले त्यसको मूल्यांकन गरेर जवाफ दिने बताए । अहिलेको निर्वाचनमा पनि विभिन्न आश्वासन बाँड्ने काम नेकपाका उम्मेदवारले गरेको भन्दै सचेत हुन सम्पूर्ण वडाबासीहरूमा अनुरोध पनि गरे ।
कार्यक्रममा सहभागीहरूले सुकुम्बासी समस्या समाधान गर्दै सुरक्षित खानेपानी र सडकको समस्या समाधान दिनका लागि उम्मेदवारलाई अनुरोध गरेका थिए । वडा इकाई सभापति सुरेश पछाईको अध्यक्षतामा भएको कार्यक्रममा इकाई सचिव यमलाल पाण्डे स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकण सहसचिव रामबहादुर डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here