- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरविद्यालयमा मतदाता शिक्षा

विद्यालयमा मतदाता शिक्षा

- Advertisement -spot_img

बबई, ११ मंसिर । बबई गाउँपालिकामा रहेका चारवटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको छ । पंचकुले सिकाइ केन्द्रको आयोजनामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम भएको हो । विद्यालयमा रहेका विद्यार्थीमार्फत् समाजमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने भन्दै मतदाता शिक्षा कार्यक्रम भएको हो ।
नमुना मतपत्रको आधारमा विद्यार्थीलाई बदर मत घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम भएको हो । पंचकुले सिकाइ केन्द्रको आयोजनामा बबई गाउँपालिमा रहेका सरस्वती मावि चरकमटिया, भानुभक्त मावि कौशिलापुर, जनकल्याण मावि पदमपुर र सुधा शाह आधारभूत विद्यालय छाउनीडाँडामा मतदाता शिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थी, शिक्षक, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
विद्यालयमा रहेका विद्यार्थीलाई मतदान गर्नका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानस्थलमा पुगी सक्नुपर्ने स्वस्तिक छाप मतपत्रको एउटा मात्र चिन्हमा लगाएर पट्याउने तरिका सिकाइएको थियो ।
मतदाताको मतलाई सदर गराउनका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पंचकुले सिकाइ केन्द्रका अध्यक्ष प्रेमबहादुर राम्जा, सामाजिक परिचालक सविता देवकोटा, पदमपुर सिकाइ केन्द्रका सामाजिक परिचालक कमला केसीले नमुना मतपत्रसहित भोट हाल्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बबई गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर डाँगी, सरस्वती माविका शिक्षक बासुदेव मल्ल र सुधा शाह आधारभूत विद्यालयका प्रधानाध्यापक भानुभक्त अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । साथै विद्यार्थीहरूले आफ्ना अभिभावक र गाउँ छिमेकमा मत बदर नहुने गरी सिकाउने प्रतिवद्धता जनाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here