- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयचुवानी सभामा शक्ति

चुवानी सभामा शक्ति

- Advertisement -spot_img

दाङमा उपनिर्वाचनको सरगर्मी बढ्दै गर्दा जिल्लामा शक्ति प्रदर्शन हुन थालेको छ । दाङसहित केही जिल्लाहरूमा अहिले उपनिर्वाचनको लागि अन्तिम तयारी छ । अन्तिम तयारीमै रहदा राजनीतिक दलहरूले निर्वाचनमा शक्ति प्रदर्शन देखाइरहेका छन् । मौन अवधि सुरू हुनुपूर्व दाङमा दुई राजनीतिक दलहरूले आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
चुनावी सरगर्मीलाई मौन अवधिसम्म पुग्दा शक्ति देखाउने अभियानमा दलहरू लागेको देखिएको छ । निर्वाचन प्रक्रिया सुरू भएसँगै राजनीतिक दलहरूले प्रचार अभियानको नाममा विभिन्न क्षेत्र र समयमा शक्ति देखाइरहेका छन् ।
नेपाली काँग्रेसले दाङको श्रीगाउँमा बृहत् चुनावी सभा गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ भने नेकपाले हापुरेमा चुनावी सभा गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । भने अन्य राजनीतिक दलहरूले पनि आ–आफ्नो चुनावी शक्ति प्रदर्शन गरिनै रहेका छन् ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दाङमा सबै क्षेत्रबाट चहलपहल बढी नै छ । जिल्लाका दुई स्थान प्रदेश ३ (ख) र घोराही १६ मा उपनिर्वाचनमा मतदान हुँदैछ । त्यो मत आफ्नो पक्षमा पार्न उम्मेदवार र राजनीतिक दलहरूको सक्रियता अहिलेसम्म पनि कम भएको छैन । आफ्ना एजेण्डा बोकेर उम्मेदवार घर–घरमा पुगेका छन् भने नेताहरू उनीहरूको लागि मत माग्दै गरेका छन् ।
उपनिर्वाचनले जिल्लामा एक पटक राजनीतिक शक्तिको मात्रै नभएर राजनीतिक सरगर्मी पनि बढाएको छ । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । लोकतन्त्रको स्थायीत्वको लागि निष्पक्ष निर्वाचन आवश्यक हुन्छ ।
जनताले आफ्ना प्रतिनिधिको छनोट गर्ने प्रद्धति पनि यही नै हो । तर निर्वाचनको नाममा नकारात्मक कार्यले बढवा पाइरहेका हुन्छन् । यस्ता कार्यलाई नियमन र निस्तेज गरिनुपर्छ । लोकतान्त्रिक प्रद्धतिको सबैले सम्मान गर्नुपर्छ । उपनिर्वाचनमा देशभर ५२ पदका लागि निर्वाचन हुँदैछ । दाङका दुई पदमा मतदान हुँदैछ ।
निर्वाचनको सरगर्मी बढ्नु राम्रो पक्ष हो । तर गलत रूपमा र नकारात्मक रूपमा हैन सकारात्मक र राजनीतिक संस्कारभित्र रहेर सरगर्मी बढाइनु राम्रो हुन्छ । प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । स्वस्थ्य रूपमा हुने प्रतिस्पर्धाले नै सबैको मन जित्ने हो ।
केही चुनावहरूमा देखिने गरेको धाँधली, हुलहुज्जत गरेर आफ्नो पक्षमा परिणाम ल्याउन खोज्नुले लोकतन्त्र संस्थागत हुन सक्दैन । यसले निर्वाचनको महत्व नै घटाउने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here