- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरओलीको राष्ट्रवाद कालापानीमा आत्मसमर्पणः देउवा

ओलीको राष्ट्रवाद कालापानीमा आत्मसमर्पणः देउवा

- Advertisement -spot_img

श्रीगाउँमा काँग्रेसको जनसागर …
श्रीगाउँ, १० मंसिर । नेपाली काँग्रेस दाङले निर्वाचन क्षेत्र नं. ३ (ख) को उपनिर्वाचनको सन्दर्भलाई लिएर दंगीशरण गाउँपालिका–७ मा वृहत् चुनावी सभा गरेको छ । काँग्रेसले गरेको चुनावी सभामा जनलहर देखिएको छ । हजारौको सहभागितामा भएको चुनावी सभालाई सम्वोधन गर्न नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व दाङ आएको थियो ।
पार्टी सभापति, बरिष्ठ नेता महामन्त्री, सहमहामन्त्री लगायतको केन्द्रीय सदस्यहरूले सभालाई सम्वोधन पनि गरेका छन् । उपनिर्वाचनमा मतदातालाई काँग्रेसको पक्षमा पार्न विभिन्न क्षेत्रमा सभा गोष्ठी छलफल गर्दे आएको काँग्रेसले श्रीगाउँमा वृहत् सभा गरेर आफ्नो संचित शक्तिलाई जनसागरमार्फत सार्वजनिक गरेको नेताहरूले तर्क गर्न थालेका छन् । श्रीगाउँमा देखिएको जनसागरले निर्वाचनलाई महत्वका साथ हेर्ने गराएको छ ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियता र राष्ट्रवाद कालापानीमा गएर आत्मसमर्पण गरेको बताएका छन् । उनले लम्पसारवादमा पनि ओलीको राष्ट्रवाद परिणत भएको बताए । उनले ओली राष्ट्रवादी बन्दा जनताले विश्वास गरेको भन्दै अहिले उनको उदाङ्गो राष्ट्रवाद प्रष्टरूपमा कालापानीमा देखिएको बताए ।
‘ओली राष्ट्रवादी बनेका हैनन्, यो राष्ट्रवाद कालापानीमा लम्पसारवादमा गएको छ’ काँग्रेस सभापति देउवाले भने, ‘त्यसकारण पनि ओली राष्ट्रवादी हुँदै होइनन् ।’ उनले जनतालाई भुक्काएर चुनाव जितेको समेत बताए ।

दाङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युष्टि सरकरले जनता झुक्याइरहेको बताए । राष्ट्रवादका ठूला कुरा गर्ने परी आए लुक्ने र लम्पसारवाद हुने राष्ट्रवाद नेपाली जनताले स्वीकार्न नसक्ने बताए ।
उनले ठूलो संघर्षको उपलब्धिले स्थापना भएको लोकतन्त्रलाई समेत कम्युनिष्ट सरकारले समस्यामा पारेको बताए । उनले न्यायालय, मानवअधिकार आयोग, कर्मचारी, प्रशासनमा हस्तक्षेप हुन थालेको भन्दै लोकतन्त्रमा हैन अधिनायकवादमा यस्तो हुने बताए ।
देउवाले स्वतन्त्र न्यायलय हुन नसक्ने देशमा प्रजातन्त्र हुँदै नहुने जिकिर गरे । उनले समावेशीमा समेत कम्युनिष्टले आफूलाई लिन नसकेको बताए । काँग्रेस सबैको पार्टी भएको र सबैलाई एकनासले सम्मान र अवसर दिइरहेको बताए ।
उनले विधानमै उल्लेख गरेर समासेशी सिद्धान्तलाई काँग्रेसले मात्रै अघि बढाएको बताए । महिला थारू, मुस्लिम जनजाति, दलित सबैलाई अवसर दिएर अगाडि बढाएको बताए । लोकतन्त्रको रक्षामा पनि काँग्रेस मात्रै लागेको बताए । उनले उपनिर्वाचन सरकार बदल्ने, फेरिने हैन तर यसको महत्व ठूलो छ ।
सभापति देउवाले राजधानी दाङ ल्याउँछु भनेर सभामुख हुने, मुख्यमन्त्री हुने तर दुई वर्षसम्म नाम र राजधानीसमेत तोक्न नसक्नेहरूलाई भोट दिएको भन्दै देउवाले मुख्यमन्त्रीलाई दाङ राजधानी तोक्न आग्रह गरे । उनले आफस् प्रधानमन्त्री हुँदा हाललाई मात्रै भने बुटवल अस्थायी राजधानी बनाइएको स्पष्टसमेत पारे । जनताले विचार गर्नुपर्ने बेला आएको छ । देउवाले दाङको विकास काँग्रेसकै अगुवाईमा भएको र भइरहेको भन्दै काँग्रेसले गरेको विकासलाई देखाएर अन्य दलले भोट माग्नु लाजमर्दाे भएको बताए । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा मंसिर १४ गते हुन लागेको छ ।

कम्युनिष्ट सरकार राणा शासनको संस्करणः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार राणा शासनको नयाँ संस्करण भएको आरोप लगाएका छन् । पौडेलले अहिलेको सरकार सामन्ती राणा सासनको झल्को दिने गरी आएको बताए । ‘आचारण चरित्र हेर्दा राणा शासनको भन्दा कम छैन तानाशाही बन्न थालेका छन्’ उनले भने । दाङमा भएको बृहत् चुनावी सभामा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।
‘नेकपा नेतृत्वको सरकारले राणा शासनको झझल्को दिने गरेको छ, उनले भने, राणा शासकको पथमा हिडेर दुई तिहाई ओली नेतृत्वको सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख गराएको र जनतालाई ठगिरहेको बताए । ‘साम्यवादको बाटोमा लैजान खोजेको अनुभूति नागरिकहरूले गरिरहेको नेतालाई ठगेको छ’ उनले भने, ‘यो त ढाँटको सरकार भयो ।’
जनतालाई धोका दिएको समेत उनले आरोप लगाए ।एकपछि अर्काे गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई समेत कम्युनिष्ट सरकारले उल्ट्याउँदै गएको उनको आरोप छ । काँग्रेसले गरेको विकासका उभिएर काँग्रेसलाई नै गाली गर्ने गरेको बताए । नेकपाले नातावादतिर लैजानु पनि तानाशाह भएको पौडेलले ठोकुवा गरे । आफूले विकास गर्न नसकेर वर्तमान सरकारले नालायकी पन प्रदर्शन गरेको बताए ।
यो सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको बताउँदै नझुक्किन मतदाताहरूलाई आग्रह गरे । ‘अहिलेको सरकार कुनैपनि र केही पनि आदर्श नभएको जमात मात्रै हो’ उनले भने ।
जनतालाई असम्भव खालका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको उनको टिपप्णी छ । उनले समावेशी नीति कम्युनिष्टले समाप्त पार्न लागेको बताए । उनले पैसाको लेनदेनले मन्त्री फेरिएको प्रति पनि कटाक्ष गरे ।
भारतले निकालेको नयाँ नक्सा सच्याउनप्रति कुटनीतिक पहल थाल्न नसकेको तर बाहिर–बाहिर मात्रै बोलिरहेको भन्दै आलोचना गरे । चुनावी सभामा नेपाली काँग्रेसका महामन्त्री डाक्टर शंशाक कोईराला, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला, केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरी, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेल,
केन्द्रीय सदस्य शिला खड्का, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर शाह, सांसद बिमला नेपाली, प्रदेशसभा सदस्य एवं पूर्व राज्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुुर खड्का लगायतले वर्तमान सरकार निरकुश बन्दै गएको, अपराधिक गतिबिधि नियन्त्रण गर्न नसकेको, महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताएका थिए । त्यसकारणले पनि काँग्रेसका पक्षमा मतदान गर्न आग्रह गरे ।
दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) क्षेत्रीय समिति सभापति खिमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here