- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरविभेदपूर्ण व्यवहारको अन्त्य

विभेदपूर्ण व्यवहारको अन्त्य

- Advertisement -spot_img

लैंगीक हिंसाविरूद्धको अभियान शुरू
तुलसीपुर, १० मंसिर । कानुनमा लैंगीक विभेद अन्त्य भएपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन् । गत वर्षको तथ्यांकअनुसार १४ हजारभन्दा बढि महिलाहरू घरेलु हिंसामा परेका छन् । ओरेक नेपाल र प्रहरीको साझेदारीमा तयार पारिएको तथ्यांक अनुसार १४ हजार ७ सय ७४ जना महिलाहरू घरेलु हिंसामा परेका हुन् ।
तथ्यांक अनुसार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा महिलाहरूमाथि लैंगीक भेदभाव र शोषण कायमै रहेको छ । तथ्यांकअनुसार २ हजार २ सय महिला तथा बालबालिकाहरू बलात्कृत भएका छन् भने ७ सय ८६ जनामाथि बलात्कारको प्रयास भएको छ
। त्यस्तै २ सय ५८ महिला तथा बालबालिकाहरू बेचबिखनमा परेको तथ्यांक छ । लैंगीक हिंसाविरूद्धको १६ दिने अभियानको सोमबार तुलसीपुरमा शुभारम्भ कार्यक्रममा ओरेक नेपाल दाङका ईश्वरी थापाले अझैपनि समाजमा महिलामाथि विभिन्न किसिमका हिंसाजन्य अन्त्य हुन नसकेको बताइन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ निवासी कमला रजौरेले लैंगीक हिंसाका विरूद्धका अभियानहरू सर्वप्रथम व्यक्तिको घर–घरबाट शुरूवात गर्नुपर्ने बताईन् । ‘आफूले आफ्नो परिवारमा विभेदीकरणको अन्त्य गर्नु आजको मुख्य आवश्यकता हो’ उनले भनिन्– ‘म महिला हुँ, महिला भएकै कारण मैले घरपरिवार र समाजमा सम्मानजनक व्यवहार पाउनुपर्छ ।’
समाज समयसापेक्ष रूपान्तरित हुँदै गएपनि परम्परागत मानसिकताका कारण अझैपनि घरेलु हिंसा, कुटपिट, घर निकाला, वैवाहिक बलात्कार, दाइजोसम्बन्धी हिंसा, बालविवाह, बुहविवाह, छोरी भएकै कारण गरिने भ्रुण हत्या, गर्भपतन, बोक्सीको आरोप, छाउपडी प्रथा कायमै रहेको अधिकारकर्मीले बताएका छन् ।
महिनावारीको समयमा गरिने विभेदपूर्ण व्यवहारहरू, यौन शोषणहरू महिला तथा बालवालिका बेचविखनलगायतका क्रियाकलापहरू यथावत रहदै आएको तुलसीपुर उपहानगरपालिका महिला विकास अधिकृत विष्णु आचार्यले बताईन् ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्माले पछिल्लो समय सबैभन्दा धेरै घरेलु हिंसा, यौन दुव्र्यवहार र बालविवाह हुने गरेको बताउँदै यसका लागि सबै सरोकारवालाहरू सक्रिय भएर लाग्न आग्रह गरिन् ।
‘हामी हरेक ठाउँ, हरेक क्षेत्रलाई हिंसामुक्त बनाउनुपर्छ’ उनले भनिन्– ‘यसका लागि सबैको आवाज एक हुनुपर्छ, हिंसाविरूद्धका क्रियाकलापहरूलाई प्रभावकारी बनाएर लैजानुपर्छ ।’ कोही व्यक्ति हिंसामा परेको महसुस भए उपमहानगरपालिकाको न्यायीक समितिमा आएर उजुरी दिन सकिने उनले बताइन् ।

१६ दिने अभियान सुरू

लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान सोमबारबाट सुरू भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरूद्ध ऐक्यवद्धता’ भन्ने नाराका साथ लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान सोमबारबाट सुरू भएको हो । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले पनि सोमबार अभियान शुरू गरेको छ ।
अभियान १६ दिनसम्म अभियान सञ्चालन गर्ने महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिइन् । अभियान महिला बालवालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाका विभिन्न सरोकारवालाहरूको समन्वयमा सञ्चालन भएको छ ।
अभियानको शुभारम्भमा लैंगीक हिंसा अन्त्य गर्नका लागि विभिन्न सरोकारवालाहरूले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । समाजमा हुने महिला र पुरूषबीचको विभेदपूर्ण व्यवहारको अन्त्यका लागि १५ बुँदे प्रतिज्ञापत्रमा हस्ताक्षर गर्दै प्रतिवद्धता जनाएका हुन् । समाज हिंसाको डोरीमा बाँधिएको भन्दै त्यसको अन्त्यका लागि आफूहरू सँधैै क्रियाशील भएर लागिपर्ने सहभागीहरूले प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धतापत्रमा राष्ट्रिय सभा सदस्य कोमल वली, उपप्रमुख माया शर्मा, वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत आनन्द सारू, पहिलो संविधानसभा सदस्य सुशीला चौधरीलगायत एक सयभन्दा बढीले हस्ताक्षर गरी प्रतिवद्धता जनाएका छन् । महिला विकास अधिकृत विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।
लैंगिक हिंसा अन्त्यको प्रयासस्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैंगीक हिंसाविरूद्ध १६ दिने अभियानको सुरूवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।
संयुक्त राष्ट्रसंघले महिलालाई लैंगीक, शारीरिक र मनोवैज्ञानिक रूपमा गरिने शोषण नै महिला हिंसा हो भनेको छ । जिल्ला मूल समारोह समितिले पनि सोमबार घोराहीमा प्रभातफेरीको आयोजना गरी १६ दिनसम्म लैंगीक समानताको सन्देश दिने गरी विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।
मूल समितिका संयोजक जितेन्द्रमान नेपालीसहित प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाह, महिला मानवअधिकार रक्षकहरूको सञ्जालका जिल्ला संयोजक हुमा डिसी, ओरेकका जिल्ला संयोजक ईश्वरी थापासहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको प्रभातफेरीमा सहभागिता थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here