Thursday, March 28, 2024
Homeफिचरनिष्ठाको लडाई

निष्ठाको लडाई

- Advertisement -spot_img

मंसिर १४ को चुनावी रौनक चलेको छ । दल तथा उम्मेदवारहरू मत माग्न गाउँ–गाउँमा पुगेका छन् । मतदाता पनि दक्ष, सक्षम र योग्य उम्मेदवार छनौट गर्ने साेंचमा छन् । दाङमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि सातजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपाको तर्फबाट सुरेशबहादुर केसी पनि वडा अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् । केसी आफ्नो पक्षमा मत पार्न घरदैलो अभियानमा व्यस्त रहेका छन् । आजको अंकमा हामीले घोेराही–१६ वडा अध्यक्षका लागि नेकपाको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका सुरेशबहादुर केसी ‘प्रताप’सँग कुराकानी गरेका छौं ।


उपनिर्वाचनको तयारी के भईरहेको छ ?

भव्य तयारी छ । यहाँका जनताको घरदैलो कार्यक्रम लगभग सकियो । मतदाताहरूसंग मत माग्ने, सल्लाह सुझाव माग्ने काम भईरहेको छ । चुनावी प्रचार प्रसारमा नै व्यस्त छु । मतदाताहरूलाई नेकपाले भए गरेका कामहरूको बारेमा जानकारी दिने, नेकपाको सिद्धान्तको बारेमा जानकारी गराउने र मतदाताहरूलाई सुसूचित बनाउने काम भइरहेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १६ मा हुनगईरहेको उपनिर्वाचनको विजयका लागि हामीले सबै तह र तप्कालाई परिचालन गरेका छाँै । पार्टीका प्रतिनिधिहरू, जिल्ला कमिटी, क्षेत्रीय कमिटी, दिदीबहिनी, दाजुभाइहरू खटिनुभएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपालाई जिताउ अभियानकै तयारी भइरहेको छ ।

यस पटक नेकपाले नै वडा अध्यक्ष जितिन्छ त ?

अवश्य पनि जितिन्छ, किन न जित्नु । यो त नेकपाले नै जितेको वडा हो । नेकपाको नै वर्चस्व भएको वडा हो । गत निर्वाचनमा पनि हामीले धेरै मत अन्तरले जितेका वडा हौँ । अहिले तत्कालीन वडा अध्यक्ष लक्षिण बुढा हामीमाझ हुनुहुन्न । उहाँको सपना पूरा गर्नको लागि पनि मैले उम्मेदावर दिएको हुँ । पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ ।
अवश्य पनि जित्छु । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेकपा अर्थात् मैले वडा अध्यक्ष जित्नै पर्छ । निष्ठाको लडाई छ । यो सबै नेकपाका साथीहरूले पनि बुझ्नु भएको छ । नेकपाले नै जित्छ भन्नेमा हामी हामी विश्वस्त छौँ । तत्काली वडा अध्यक्ष स्वर्गीय बुढाले यो वडाको लागि धेरै योगदान दिनुभएको छ । धेरै विकास निर्माणका कामहरू पनि भएका छन् यसर्थ पनि यो पटकको उपनिर्वाचनमा सबैको मत नेकपाको पक्षमा आउँछ भन्नेमा ढुक्क छौँ ।

जित्ने आधारहरू के-के छन् ?

आधारहरू धेरै छैन् । अहिलेको सरकार नेकपा नै छ । यो वडामा पनि नेकपाले जित्यो भने यहाँको विकासको लागि बजेट माग्न सहज हुन्छ भन्नेमा जनता विश्वस्त छन् । अहिलेको सरकार जनताको सरकार भएका कारण पनि नेकपाले नै जित्छ भन्नेमा ढुक्क छन् मतदाताहरू ।
सरकारले गरेका कामहरू देखिसकेका छन् । त्यो मैले भनिरहन पर्दैन् । विशेषगरी यो वडामा पनि धेरै विकास निर्माणका कामहरू भईरहेका छन् । नेकपाले जित्ने भनेको मुख्य आधार नै यही हो ।

चुनावी एजेण्डा के–के छन् ?

नमुना वडा बनाउने मेरो मुख्य एजेण्डा हो । यहाँको विकास मेरो पहिलो प्राथमिकता हो । अधूरा सपना, अपूरा कामहरू पूरा गर्नु मेरो दायित्व हो । यहाँको पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा लगायतका विषयमा काम गर्ने एजेण्डा हुन् ।

बागी उम्मेदवार पनि हुनुहुन्छ त ? मत काटिदैन् ?

काटिदैन । उहाँ त अब फरक भैसक्नु भयो नि ! मलाई सिङ्गो नेकपाको साथ छ । मलाई नेकपाले नै उम्मेदवार बनाएको हो । कसरी मत काटिन्छ ?

स्वर्गीय बुढालाई समर्थन गर्नेहरूले बागी उम्मेदवारलाई समर्थन छ भन्छन् त ?

त्यस्तो होइन् । यो भ्रम फैलाईएको हो । कमजोर बनाउनका लागि । एक÷दुईजनाको समर्थनमा उहाँ चुनावी मैदानमा उत्रिनु भएको हो । स्वर्गीय अध्यक्ष बुढाका समर्थकहरू धेरै हुनुहुन्छ । यदि त्यसो हुन्थ्यो भने मलाई उपनिर्वाचनमा जिताउनको लागि मसँगै चुनावी प्रचार प्रसारमा किन हिड्नु हुन्थ्यो होला र ?

मतदाताहरू के भन्छन् त ?

मतदाताहरू खुशी हुनुहुन्छ । यस पटकको उपनिर्वाचनमा पनि नेकपालाई नै नै मत दिएर जिताउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । गत निर्वाचनमा नेकपालाई मत दिएर जिताउनु भएको छ । नेकपाले नै यहाँको धेरै विकास ग¥यो भनेर खुशी व्यक्त गर्नुहुन्छ । अबको उपनिर्वाचनमा पनि नेकपाले नै जिते हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ ।
हामी पनि आफ्नो पक्षमा मत तान्नको लागि मतदाताहरूसँग भेटघाट गर्ने, राय, सल्लाहरू लिने काम भइरहेको छ । उहाँहरूको विचार, अपेक्षाहरू बुझ्ने कोसिस गरेका छौँ । हामीलाई विश्वास छ मत दिएर जिताउनु हुनेछ भन्नेमा हामीलाई ।
म अर्थात् यस वडाको अध्यक्ष पदको उम्मेदवार गाउँ–गाउँमा पसेसँगै जितको पनि मतदाताहरूले आ–आफ्नै दाबी गरिरहेका छन् । यस पटकको निर्वाचनमा पनि नेकपाको नै जित सुनिश्चित छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

मंसिर १४ गते आउँदै छ । त्यसको तयारीमा हामी खटिएका छाँै । अब थोरै दिन मात्रै बाँकी छ । जसरी आजसम्म मलाई रातदिन तुनावी प्रचार प्रसारमा साथ दिनु भएको छ । त्यसरी नै मतदात गर्ने बेलालामा मत दिए मलाई जिताउनु हुनेछ भन्नेमा आशा छ ।
गत निर्वाचनमा पनि नेकपालाई जिताउनु भएको हो यो पटक पनि जिताउनु हुनेछ भन्नेमा मेरो विश्वास छ । फेरी पनि अर्को अवसर आएको छ । यसलाई सदुपयोग गरौँ । सबैले नेकपालाई मत दिएर जिताऔँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here