- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसर्पदंश उपचार भवनको शिलान्यास

सर्पदंश उपचार भवनको शिलान्यास

- Advertisement -spot_img

लमही, १० मंसिर । दाङको लमहीमा सर्पदंश उपचार केन्द्रको भवन शिलान्यास भएको छ । देउखुरी र आसपासका क्षेत्रहरूमा सर्पको टोकाईबाट बर्षेनी कयौँ व्यक्तिको मृत्यु हुन थालेपछि सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो । आगामी वर्ष २०७७ साल साउन ६ गते निर्माण सम्पन्न हुने गरी सोमबार भवनको शिलान्यास गरिएको छ ।
दाङसहित आसपासका जिल्लाहरूलाई समेत समेट्ने गरी लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको छ । वर्षेनी सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनेहरूको संख्या बढ्दै जान थालेपछि लमही नगरपालिकाले २ करोड ७ लाख १८ हजार ७ सय ९० रूपैयाँ उपचार केन्द्रको भवन निर्माण गर्न लागेको हो ।
भवन शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं लमही नगरपालिकाका नगरप्रमुख प्रमुख कुलबहादुर केसीले अब सर्पको टोकाइबाट कोही कसैले अकालमै ज्यान गुमाउनु नपर्ने बताए ।
यस क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नु सबैको साझा लक्ष्य भएको बताउँदै उनले नगरको स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै लैजानेमा प्रतिवद्धता जनाए । लमही अस्पतालमा औषधी छैन भनेर अब कुनै पनि बहानाबाजी नचल्ने बताउँदै उनले औषधीको अभाव र सेवाप्रवाहमा समस्या आए प्रशासनलाई खवर गर्न अनुरोधसमेत गरेका छन् ।
लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले अस्पतालको मूल्याङ्कन घटेको भन्दै अस्पतालमा आउने नयाँ कर्मचारीहरूले लमही नगरपालिकासँग सहकार्य गरेर अस्पतालको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न आग्रह गरिन् । अस्पतालको स्तरबृद्धि गर्न डाक्टरले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताईन् ।
कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सर्पदंश उपचार केन्द्रको निर्माण कार्य तोकिएको समयमै सम्पन्न गरेर सेवा दिने बताए । निर्माण कार्यमा ठेकेदारको इमान्दारिता, प्रतिवद्धता र सम्झौता अनुसारको काम हुने डाँगीले विश्वास व्यक्त गरेका छन् । ‘हामी लमही अस्पतालको सुधार कार्यमा लागिरहेका छौँ’ उनले भने–‘प्रयास जारी रह्यो भने सुधार पक्कै हुने छ ।’
यसैगरी लमही नगरपालिकाका इञ्जिनियर विजयदेव चौधरीले सर्पदंश उपचार केन्द्र भवन तोकिएको समयमा निर्माण गर्ने सम्झौता अनुसार डोको कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिलाई जिम्मा दिएको जानकारी दिए ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेल, लमही अस्पतालका निमित्त डा. आकाश बेल्वासे, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाह, पत्रकार राधेश्याम गुप्ता लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका योजना प्रमुख पुष्पराज अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here