- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरदाङमा ८९३ वैध हतियार

दाङमा ८९३ वैध हतियार

- Advertisement -spot_img

                                              प्रहरीले बरामद गरेका अवैध हतियारः फाइल तस्विर
घोराही, ९ मंसिर । दाङमा ८ सय ९३ जना व्यक्तिसँग हतियार भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा रहेको हतियार विवरणले यस्तो देखाएको छ । प्रशासनमा रहेको हतियार विवरण एक व्यक्तिसँग तीनवटासम्म हतियार रहेको छ ।
त्यसमध्ये ६ सय ८२ जनासँग भरूवा बन्दुक छ भने २ सय ११ जनासँग १२ बोर, २२ बोर र पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यी हतियार सरकारसँग इजाजत लिएर राखिएका हुन् ।
सबैभन्दा बढी घोराहीका व्यक्तिले हतियार राखेको विवरणमा उल्लेख गरिएको छ । घोराहीमा ४९ जनाले इजाजत लिएर हतियार राखेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा भुपेन्द्रसिंह थापाले जानकारी दिए ।
त्यसैगरी तुलसीपुरमा २२ जना, हेकुलीमा ९ जना, हलवारमा ३ जना, कोइलावासमा ५ जना, पवननगरमा ४ जना, मानपुरमा ६ जना, डुरूवामा २ जनाले इजाजत लिएर हतियार राखेको थापाले बताए ।
त्यसैगरी गोवरडिहामा ७ जना धर्नामा ५ जना, सोनपुरमा ६ जना, सतवरियामा ६ जना, हापुरमा ४ जना, सौडियारमा ७ जना, धनौरीमा ८ जना, फुलवारीमा १ जना, ढिकपुरमा ६ जना, लालमटियामा ६ जना, टरिगाउँमा ९ जनाले हतियार राखेका छन् ।
थापाका अनुसार उरहरीमा ३ जना चैलाहीमा ३ जना, नारायणपुरमा ३ जना, राजपुरमा २ जना, गढवामा २ जना, सिसहनियामा २ जना, बाघमारेमा १ जना, काभ्रेमा ३ जना, बिजौरी, रामपुर, बेला, सैघा, पुरन्धारामा १÷१ जनाले हतियार राखेका छन् भने स्यूजामा २ जना, श्रीगाउँमा ३ जनाले हतियार राखेका छन् ।
अहिले जिल्ला प्रशासनले विभिन्न व्यक्तिहरूले ईजाजत लिएर राखेका हतियारहरू बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले इजाजत लिएका हतियारहरू नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो । यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार मंसिर १० गतेभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आग्रह गरेका छन् ।
‘निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर इजाजत प्राप्त हतियार बुझाउन अनुरोध गरेका हाँै’ प्रमुख जिल्ला जिल्ला अधिकारी रिजालले भने ‘जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको सुरक्षा इकाईमा बुझाउन सकिन्छ ।’ उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
मंसिर १४ गते हुने निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा सदस्य तथा निर्वाचन क्षेत्र नं. २ (२) को घोराही उपमहानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदको उपनिर्वाचनमा मतदाताहरूलाई शान्ति सुरक्षाको दृष्टिले विश्वस्त गराउन र उपनिर्वाचनलाई स्वतन्त्र,
भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न नभएसम्मका लागि नियन्त्रणमा राख्नुपर्ने भएकाले हातहतियार इजाजत लिई वैध रूपमा आफूसँग राखिएका हातहतियारहरू उपनिर्वाचन सम्पन्न भईसकेपछि फिर्ता लिने गरी सम्बन्धित सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी गराएका छन् ।
‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

ठूलो परिणाममा हतियार बरामद

दाङमा ठूला परिणाममा हतियार बरामद गरिएको छ । विभिन्न अपराधिक व्यक्तिहरूले लुकाई राखेका हतियार तथा अपराधिक क्रियाकलाप भईरहेको घटनास्थलबाट प्रहरीले बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आर्थिक वर्ष ०७४÷७५ मा ९ एमएम पेस्तोल १ थान, भरूवा बन्दुक १४ थान बरामद गरेको जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष ०७५÷७६ मा रिभल्भर २ थान, युएसए पेस्तोल ४ थान, कटुवा पेस्तोल १ थान, भरूवा बन्दुक २२ थान, १२ बोर १ थान, एअरगन ३ थान, भरूवा बन्दुकको व्यारेल २९ थान, सानो हतियारका मोडल १२ थान हतियार बरामद गरेको छ । त्यसैगरी आर्थिक वर्ष ०७६÷७७ मा कटुवा पेस्तोल ५ थान, भरूवा बन्दुक १ थान, एसएमजी १ थान, एसएमजी म्यागजिन ३ थान, ३ सय ९० राउण्ड गोली, २ वटा रिभल्वर, ५ राउड गोली, युएसए पेस्तोल २ थान, गोली ४ राउड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here