- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसरकारबाटै गणतन्त्र खतरामाः काँग्रेस नेता

सरकारबाटै गणतन्त्र खतरामाः काँग्रेस नेता

- Advertisement -spot_img

तुलसीपुर, ९ मंसिर । नेपाली काँग्रेसका नेताहरूले वर्तमान सरकारबाट नै लोकतन्त्र र गणतन्त्रमा खतरामा रहेको बताएका छन् । गैर जिम्मेवार तरिकाले सत्ता सञ्चालन गर्न खोज्दा लोकतन्त्र र गणतन्त्र खतरामा पर्दै गएको उनीहरूको तर्क छ ।
नेपाली काँग्रेसले गोल्टाकुरीको बाँकीमा गरेको चुनावी सभालाई सम्वोधन गर्ने काँग्रेसका केन्द्रीय नेताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महतले सरकार जनताका समस्या र अधिकार कुण्ठित गर्ने, देशमा लुटतन्त्र, भ्रष्टाचार, बढाएको अन्याय अत्याचारले सीमा नागेको र जनतालाई करले डुबाएको भन्दै ठूलो संघर्षबाट आएको गणतन्त्र खतरामा पुग्न थालेको बताए ।
उनले लोकतन्त्र बचाउन काँग्रेसकै अगुवाई आवश्यक रहेको भन्दै अहिले एकता, समन्वय सदभव आवश्यक रहेको बताए । उनले संसारबाट बिदा भएको माक्र्सवादलाई नेपालमा ल्याएर शिशु गणतन्त्रमा धावा बोलेको बताए ।
उनले काँग्रेसले बचाई दिएको राज्यको ढुकुटीमा अहिलेको सरकारले रजाई गर्ने अवसर पाएको बताए । उनले केपि ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोपसमेत लगाए । उनले नेपाली काँग्रेसको अगुवाईमा विकास भएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार गैर जिम्मेवार हुँदा सबै क्षेत्र थिलो–थिलो भएका बताए । उनले सरकार गैर जिम्मेवार तरिकाले हिडेकाले लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको समेत बताए ।
सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै नेता कोइरालाले बताए । उनले त्यही कारणले राज्यमा दण्डहीनता बढेको, अशान्ति बढेको, लोकतन्त्रका आधार स्तम्भ कमजोर बनेको, राष्ट्रितासमेत कमजोर अवस्थामा पुगेको बताए । सीमा मिचिदासमेत सरकार आधिकारिक रूपमा नबोल्नुले सरकार निदाएको बताए । उनले अहिले आउन लागेको सुरक्षा सम्बन्धीको ऐन पास भएमा लोकतन्त्र नरहने समेत बताए । नेताहरूले लोकतन्त्रको रक्षा र विकासका लागि काँग्रेसलाई उपनिर्वाचनमा जिताउन मतदाताहरूसँग आग्रह गरेका थिए । बाँकीको सभा उत्साहजनक सहभागितामा भएको थियो ।

मध्यबर्तीबासीको समस्या समाधान हुनुपर्छ

नेपाली काँग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले बाँके राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्रका बासिन्दाहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । चुनावी प्रचार प्रसारको क्रममा बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र पश्चिम दाङको बबई–७ मलईमा पुगेका पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका डाक्टर महतले यस्तो बताएका हुन् ।
विभिन्न विकासको दृष्टिकोणले पिछडिएका मलईबासी निकुञ्जको वन्यजन्तु लगायत विभिन्न समस्याबाट गुज्रिएको गुनासो सुनेको भन्दै कम्युनिष्ट सरकारलाई मलईबासीको समस्या समाधानमा गम्भीर बन्न आग्रह गरे ।
स्थानीय तहमा सरकार आउँदासमेत समस्या समाधानमा ध्यान नदिनुले कम्युनिष्टको प्रवृत्ति प्रष्ट भएको बताए । कामभन्दा गफ लगाउने कम्युनिष्ट सरकारबाट जनताले कुनै राहत पाउन नसकेको भन्दै लोकतान्त्रिक आन्दोलनका सालिन, जुझारू र योग्य नेता केशवराज आचार्यलाई जिताउन आग्रह गरे ।
हामी कुरा होइन विकासका काम गरेर देखाउँछौँ डाक्टर महतले मतदातासँग भने विकासप्रेमी काँग्रेसलाई जिताउनुस्, हामी विकास गरेर देखाउँछांै । प्रधानमन्त्री ओलीको जस्तो काँग्रेसको बोली छैन गाउँ–गाउँमा विकास दिन चाहन्छौ तर घर–घरमा ग्यासको पाइप, रेल र पानी जहाजको सपना देखाए भोट माग्दैनौ ।
उम्मेदवार केशवराज आचार्यले मलईको सम्पूर्ण समस्याका बारेमा अवगत रहेको भन्दै समस्या समाधानमा पहल चाल्ने बताए । उपनिर्वाचनमा मलाई भोट दिएर सहयोग गर्नुस् म निवार्चनपछि विकासका काममा साथ दिनेछु ।
काँग्रेस नेता रामहरि खतिवटाले देश र जनताको लागि लड्ने पार्टी नेपाली काँग्रेस मात्र भएको दाबी गरे । देशको विकास नेपाली काँग्रेसविना सम्भव नभएको भन्दै विकास निर्माण जोडिन आचार्यलाई जिताउन आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here