- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबर१६ दिने अभियानको कार्यक्रम सार्वजनिक

१६ दिने अभियानको कार्यक्रम सार्वजनिक

- Advertisement -spot_img

घोराही, ८ मंसिर  । महिला हिंसाविरूद्धको १६ दिने अभियानको कार्यक्रमको सार्वजनिक गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल र नेपाल परिवार नियोजन संघ दाङको संयुक्त आयोजनामा हुने कार्यक्रमको बारेमा सार्वजनिक गरिएको हो । २८औँ अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरूद्धको अभियान २०१९ मा जिल्लामा गरिने कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।
ओरेकका जिल्ला संयोजक ईश्वरी थापाले ‘लैंगीक समानताको मुल आधार संरचनात्मक विभेदको अन्त्य’ भन्ने मुल नाराका साथ दाङमा गरिने कार्यक्रमको बारेमा जानकारी गराएकी थिईन् । अभियानका रूपमा २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म समुदायका सबै तहमा विभिन्न अभियानमूलक कार्यक्रम गरिने भएको छ ।
जसअन्तर्गत दाङका दुई उपमहनगरपालिका तुलसीपुर र घोराही, एक नगरपालीका लमहीसहित बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिकामा विभिन्न कार्यक्रम गरी १६ दिने महिला हिंसाविरूद्धको अभियान मनाइने ओरेकका जिल्ला संयोजक इश्वरी थापाले जानकारी दिइन् ।
अभियानअन्तर्गत आज सोमबार घोराहीमा जिल्ला समन्वयको आयोजनामा बिहान ¥यालीसहित तुलसीपुर चोकमा कोणसभा गरिने भएको छ भने तुलसीपुर उपमहनगरपालिकाको सहकार्यमा तुलसीपुरमा सेतो रिवन अभियान र महिला हिंसा अन्त्यका लागि प्रतिवद्धतासहित हस्ताक्षर संकलन गरिने भएको छ । हस्ताक्षर संकलन अभियान १६ दिनसम्म नै जारी राखिने थापाले जानकारी दिइन् ।
त्यसैगरी मंसिर १० गते महिला समूहहरूलाई सशक्त र जिम्मेवार बनाउन घुम्ती गोष्ठी गरिने भएको छ भने स्थानीय पालिकामा निर्माण भएका नीति तथा कार्यक्रम र लैंगीक बजेटको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त अनुगमन समिति गठन गर्न अन्तरक्रिया तथा समन्वय बैठक बंगलाचुली गाउँपालिकामा गरिने भएको छ ।
मंसिर २४ गते अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा संविधानमा भएका समानताको हक धारा १८ महिलाको हक धारा ३८ सामाजिक न्यायको हक धारा ४२ हननका घटनाको विषयलाई लिएर पालिकास्तरीय अन्तरक्रिया गरिने भएको छ ।
महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोही अनुरूप कार्य गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्रसंघीयलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूलाई आह्वान गर्ने उद्देश्यले यो दिवस अभियानका रूपमा मनाइदै आइएको छ ।
ओरेक नेपालकी जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षताका कार्यक्रम भएको थियो । त्यस अवसरमा ओरेककी दिपा धितालले ओरेकले विगत १३ वर्षदेखि सञ्चालन गर्दे आएको महिला स्वास्थ्य मेलाका बारेमा पनि जानकारी गराएकी थिइन् ।
घोराही उपमहानगरपालिकाको वडा नं. १४ को बजार क्षेत्र र वडा नं. २ लाई लक्षित गरी महिीला स्वास्थ्य मेला सञ्चालन गरेको जानकारी दिएकी थिइन् ।
उक्त शिविरबाट घोराही उपमहनगरपालीका वडा नं. १४ मा एक सय ५० जनाले विभिन्न सेवा लिएका थिए भने वडा २ मा एक सय ७४ जनाले सेवा लिएको जानकारी गराइन् ।
अधिकांश महिलाहरूमा प्रजनन स्वास्थ्यको समस्या, रहेको महिलाको स्वास्थ्यमा पुरूष जिम्मेवार बन्न नसकेको, महिलाहरू स्वयम् आफ्नो स्वास्थ्यप्रति संवेदनशील बन्न नसकेको, प्रजनन् स्वास्थ्य समस्यालाई महिलाहरूले लुकाउने गरेको लगायतको अवस्था रहेको पनि धितालले बताइन् ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ घोराहीका प्रबन्धक बसन्त खनाल, महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष हुमा डिसी, पत्रकार बसुन्धरा गौतमलगायतले अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको सहजीकरण ओरेककी कल्पना चौधरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here