Tuesday, March 26, 2024
Homeसम्पादकीयभुस्याहा कुकुर

भुस्याहा कुकुर

- Advertisement -spot_img

स्थानीयस्तरमा देखिने सबै समस्याको समाधान स्थानीय तहले गर्ने गरी स्थानीय तहलाई अधिकार सम्पन्न गराइएको छ । सबै सेवा सुविधा र स्थानीयस्तरबाट ब्यवस्थापन गर्ने अधिकार पनि स्थानीयतहमा छ । तर साना–साना समस्या समाधानका लागि पनि जिल्लामा प्रयास हुने गरेको छैन । सडक ब्यवस्थापन, पार्किङ, छाडा चौपाया, भुस्याहा कुकुर ब्यवस्थापन चुनौती बन्दै गएको छ ।
पछिल्लो समयमा जिल्लाका धेरै स्थानहरुमा भुस्याहा कुकुरको समस्या बढ्दै गएका छन् । केही दिन यता भुस्याहा कुकुरको बिगबिगी बढी नै देखिएको छ । भुस्याहा कुकुरको असर लमही नगरपालिका क्षेत्रमा देखिसकेको छ भने अन्य क्षेत्रमा भुस्याहा कुकुरहरु बढिरहेका छन् ।
भुस्याहा कुकुर ब्यवस्थापन गर्न स्थानीय सरकारहरु केही मात्रैले यो समस्या समाधानको लागि प्रयास गरेको पनि देखिन्छ । कति स्थानीय तहहरुले यस्ता समस्याको व्यवस्थापन गर्न नीतिहरु बनाउने प्रयास गरेको देखिन्छ ।
तर यसलाई प्रभावकारी र प्राथमितामा परेको भने देखिदैन । घोराही, तुलसीपुर उपमहानगरपालिकाले गत वर्ष भुस्याहा कुकुरलाई बन्ध्याकरण गरेर ब्यवस्थापन थालेका थिए त्यसले यो वर्ष निरन्तरता पाएको देखिएन । यो राम्रो र सकारात्मक कार्य हो यसलाई निरन्तरता दिन सक्नुपर्छ ।
भुस्याहा कुकुरको ब्यवस्थापन गर्न सहज भने छैन । भुस्याहा कुकुरको बिगबिगी बढ्दा कहिले एन्टीरेबिज भ्याक्सिनको समेत अभाव देखिने गरेको छ । यसमा पनि सरोकारवालाहरु सजक भएर जान सक्नुपर्छ ।
भुस्याहा कुकुरको टोइबाट अस्पतालमा जाने सबै बिरामीहरुले सहजरुपमा एन्टीरेबिज भ्याक्सिन नपाउने अवस्था आउनु हुँदैन । भुस्याहा कुकुर ब्यवस्थापन पहिलो प्राथमिकता हुनुपर्छ ।
जिल्लामा रहेका स्थानीयतहहरुले यो विषयमा गम्भीर भएर कार्ययोजना बनाएर ब्यवस्थान थाल्नुपर्छ । केही स्थानीय तहले विगतमा गरेका प्रयासहरुलाई अन्यले पनि अनुशरण गर्ने र ती तहले निरन्तरता दिनसकेमा समस्यालाई सहजरुपमा व्यवस्थापन गर्न सकिन्छ । कुकुरको समस्या सधैका लागि ब्यवस्थापन गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here