- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरखोला खोस्रेर पानीको जोहो

खोला खोस्रेर पानीको जोहो

- Advertisement -spot_img

गंगटे, ८ मंसिर । गाउँको नजिकै खोला, त्यही खोलाको किनारामा बालुवा र गिट्टी खोस्रेर खानेपानीको जोहो गर्दै थिइन बबई–१ गंगटे बिष्टाचौरकी बिनी कँवर । ‘गाउँमा खानेपानीको सुविधा छैन, यही खोला खोस्रेर हामी सबै गाउँले पानी प्रयोग गर्छाै’ उनले भनिन्– ‘खानेपानीको निकै समस्या छ, हाम्रो समस्या समाधान कसले गरिदिने ?
गंगटेकै रिम विष्टले खोला खोस्रेर लामो समयदेखि गुजरा चलाउँदै आएकी छन् । ‘गाउँमा विकास दिन्छौँ भनेर धेरै आउनुभयो तर हामीले यही खोलाको धमिलो पानी वर्षौँदेखि पिउँदै आएका छौँ’ उनले भनिन्– ‘खानेपानीको समस्या समाधानमा हाम्रो लागि कोही जन्मिएन ।’ रीमा र बिनीजस्तै गंगटेका अधिकांश नागरिक खोलामा खोस्रेर वर्षाैदेखि धमिलो पानी खाँदै आएका छन् ।
नेपालको संविधानमा खानेपानी मौलिक अधिकारका रूपमा व्यवस्था भएपनि पश्चिम दाङको गंगटेका नागरिकले सफा स्वच्छ पानी पिउन पाएका छैनन् । ‘हिउँदमा त खोला खोस्रेर भएपनि पानीको जोहो गरेका छौँ, वर्षामा त जताततै धमिलो हुन्छ’ अर्का स्थानीय गीता नेपालीले भनिन्– ‘आकाशबाट पानी पर्न थालेपछि त के पानी खाने भन्ने सधैँ चिन्ताले सताउँछ ।’
भौगोलिक र विकासको पूर्वाधारबाट पिछडिएका बबई गाउँपालिका–१ का स्थानीयको विकासको आशा कहिलै पूरा भएन् । स्थानीय सरकारबाट विकासको आशा गरेका यहाँका स्थानीय निराशामै छन् । खोलामा पानी लिन आएकी अर्की चोपा डाँगीले भनिन्– ‘हामी कहिले शुद्ध खानेपानी घर–घरमा पाउने ?’
उनले थपिन् –‘स्थानीय सरकार आयो तर हामीलाई विकास आएन, टाठाबाठालाई मात्र घर–घरमा विकास आयो हामी जस्ताको त्यस्तै भयौँ ।’ ‘खानेपानीको सुविधा दिन नसक्ने स्थानीय सरकारबाट केही आशा गर्न सकिन्न’ डाँगीले भनिन्–‘भएको जति विकास पारीपट्टीका गंगेटेमा भयो तर विष्टाचौरमा हुन सकेन् ।
खोला खोस्रेर खानेपानी प्रयोग गर्दै आएकी यमकली कँवरले शुद्ध खानेपानी खान पाउने आशामा बसेको बताइन् । ‘कति दिन खोलाका बालुवा र गिट्टी खोस्रेर पानी घरमा लैजाने हो’ कँवरले भनिन्– ‘घर–घरमा धाराबाट पानी प्रयोग गर्न पाए राम्रो हुने थियो, हिजोआज यहीबाट पानी घर लैजाने र बर्षामा बर्षे मुलको पानी खाने गरेका छौँ ।’ विकासको आशामा बसेका बबई–१ का स्थानीयको समस्या खानेपानी प्रमुख समस्या हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here