Tuesday, April 16, 2024
Homeमुख्य खबरप्रचार बढाउँदै स्वतन्त्र उम्मेदवार

प्रचार बढाउँदै स्वतन्त्र उम्मेदवार

- Advertisement -spot_img

घोराही, ८ मंसिर । घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्षका लागि हुन थालेको उपनिर्वाचनमा जगलाल चौधरी बागी उम्मेदवारको रूपमा मैदानमा छन् । चुनावी प्रचारप्रसारका लागि घरदैलोमा रहेका चौधरीले आफ्नो पक्षमा जनलहर बलियो रहेको दाबी गरेका छन् ।
नेकपाबाट टिकट नपाएपछि तत्कालिन वडा अध्यक्ष लछिनप्रसाद बुढा परिवारको समर्थन लिएर जगलालले उम्मेदवारी घोषणा गरेका थिए । चुनावको मिति नजिकिदै गर्दा चुनावी अभियानलाई तिब्र पारेका चौधरीले भने– ‘वडा नम्बर १६ को विकासका लागि विगतका गरेको काम, त्याग र मतदातासँगको सम्बन्ध बलियो छ, मेरो पक्षमा जनलहर देखेपछि नेपाल कम्युनिष्ट पार्टी धर्मराएको छ ।’
थारू समुदाय र मगर समुदायको हौसला लिएर चौधरी बागी उम्मेदवारको रूपमा होमिएका छन् । ‘थारू समुदाय र मगर समुदायको बाहुल्यता रहेको वडा नं. १६ मा हामीले राम्रो मेहनत गर्दै आएका छौँ’ उनले भने– ‘लक्षिनप्रसाद बुढामगरले वडाको विकासका लागि देखेको सपना हामीले पूरा गर्नुछ ।’
चौधरीले थपे–‘निर्वाचन जित्नको लागि पार्टीबाट टिकट हुनुपर्छ नै भन्ने के छ र ? स्वतन्त्रबाट पनि वडाको विकास गर्न सकिन्छ, त्यसको लागि मगर र थारू समुदायमात्र हैन, सम्पूर्ण समुदायको साथ र सहयोग रहेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here