- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसम्पादकीयनिर्वाचन आचारसंहिता

निर्वाचन आचारसंहिता

- Advertisement -spot_img

देशमा उपनिर्वाचनको चटारो छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चार जिल्लामा प्रतिनिधि/प्रदेशसभा सदस्यको लागि र ३७ जिल्लामा वडा अध्यक्षका गरी ५२ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन प्रजातान्त्रिक पद्धतिमार्फत नेतृत्व चुन्ने माध्यम हो । यो माध्यमलाई सही संहिताभित्र रहेर पूरा गर्नु राजनीतिक दलहरुको जिम्मेवारी हो । तर यहाँ त्यो जिम्मेवारी र आचरण पूरा नभएको देखिन्छ ।
आचारसंहिताको पालनाको चुनौती सबै निर्वाचनमा देखिने गरेको छ । यो उपनिर्वाचनमा पनि त्यो सुरु भइसकेको अवस्था छ । हरेक निर्वाचनमा हुने संहिता विपरीतका काम पहुँचमा भएकाहरुबाट बढी हुन्छ । कमजोर नीतिका पछि मात्रै लागेको देखिन्छ ।
दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा मंसिर १४ गते हुने उपनिर्वाचनको समयमा केही स्थानहरुमा आचारसंहिता उल्लङघन भएको र स्थानीय सरकारहरुले गरेको प्रष्टसँग बाहिर आइरहेको छ ।
सत्तामा रहनेहरु सबै आफ्नो शक्तिलाई मतदाताहरुमा प्रयोग गर्ने नेपालका राजनीतिक दलहरुमा पुरानै प्रवृति हो । यो प्रवृति निर्वाचनमा पटक– पटक देखिराख्नु र दोहरिरहनु राम्रो हैन । निर्वाचन स्वच्छ प्रतिस्पर्धा हो भने त्यही अनुसार निर्वाचन गतिविधि अघि बढाउनुपर्छ ।
शक्तिको आडमा दाम, दण्ड, भेद प्रयोग गरेर निर्वाचन गराउनु र चुनाव जित्नुले केही महत्व राख्दैन जुन महत्व निष्पक्ष रुपमा भएको निर्वाचनले राख्दछ । स्वतन्त्र रुपमा मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण तयार हुनुपर्छ ।
प्रभाव र दबावमा कोही र कतै पनि पर्नु र पार्नु हुँदैन । उपनिर्वाचनमा केही यस्ता समस्याहरु देखिएका छन् । अघिल्लो निर्वाचन भएको दुई वर्ष बितिसक्दासम्म केही गर्न नसकेका स्थानीय सरकारहरु अहिले निर्वाचनको गतिविधि चल्दै गर्दा विकास देखाउने होड बाजीमा छन् ।
कतै विद्युत पोल झार्ने, ग्राभेल हाल्ने भोजभतेर गर्नेजस्ता कार्यहरु देखिन थालेका छन् । त्यो अवस्था आउनु राम्रो हैन । यसले निर्वाचनमा निष्पक्ष बनाउन सक्दैन ।
उपनिर्वाचन हँुदै गर्दा आचारसंहिताको विषयले पनि चर्चा पाइरहेको छ । आचारसंहिताको नियमन गर्ने जिल्लामा दुईवटा कार्यालय अहिले सञ्चालनमा छन् । तर पनि गाउँ–गाउँमा आचारसंहिता उल्लङ्घन बढिरहेको देखिन्छ । यसलाई नियमन गर्नतर्फ लाग्नुपर्छ ।
नीतिभन्दा बाहिर गएर चुनावी गतिविधि गर्नेहरुलाई नियमनको दायरामा ल्याउन सक्नुपर्छ । संहिताको पालना नगर्ने राजनीतिक दल, उम्मेदवार, सरकार सबैलाई नैतिक दायरामा उभ्याउन सक्ने ल्याकत पनि सम्बन्धित निकाय र मदतालाले देखाउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here