- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमतदाताका गुनासै गुनासा

मतदाताका गुनासै गुनासा

- Advertisement -spot_img

दाङमा उपनिर्वाचन …
दाङ, ७ मंसिर । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि मत हाल्न तयार भएका मतदाताहरूले राजनीतिक दल तथा उम्मेदवारसँग गुनासै गुनासा गर्न थालेका छन् ।
वर्तमान अवस्थामा विकासको अनुभूति हुन नसकेको, मल बीउको पर्याप्तता राज्यले नगराएको, निर्वाचनको समयमा मात्रै नेताहरू आउने र आश्वासन दिने तर त्यो पछि जितेर गए पछि पूरा नगरेको जस्ता गुनासा मतदाताहरूले गर्न थालेको छन् ।
दुई तिहाइको सरकार तीनै तहमा हुँदा पनि हामीले मल, बीउ पाउन सकेनौँ तुलसीपुर–११ का रामवीर डाँगीले भने, अरू त निर्वाचनपछि के विकासको आस के गर्नु । मत हाल्न पनि किसानका पीडा बुझ्ने व्यक्ति छान्नुपर्ने भयो । उपनिर्वाचनमा किसानसँग रहने मान्छेलाई भोट दिने हो ।
शान्तिनगर–१ का धनवीर घर्तीले गाउँमा विकास नै हुन नसकेको भन्दै नेताहरूसँग आक्रोस पोखे । उनले जनतालाई नेता र सरकारले बेवास्ता गरे मल, बीउ त दिएनन् दिएनन, उनले भने अन्य विकासमा समेत चासो दिएनन् । यस्ता नेतालाई त चुवानमा सवत सिकाउनुपर्छ ।

काँग्रेसको उरहरीमा चुनावी सभा

नेपाली काँग्रेसका नेताहरूले मल दिन नसक्ने सरकारसँग विकासको आशा गर्न परेको कुरा भएको बताएका छन् । शुक्रबार तुलसीपुर–१० र ११ का विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य दिपक गिरीले काँग्रेसले हारेकै कारण २ बर्षदेखि विकास निर्माणका काम रोकिएका, किसानले सहजरूपमा मल, बीउ नपाएको बताए । गिरीले किसानका लागि एकबोरा मल उपलब्ध गराउन नसक्ने सरकारले विकास गर्छ भन्ने कसैको अपेक्षा छ भने त्यो भ्रम मात्रै रहेको टिप्पणी गरे ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्रराज कडेलले यो सरकारले किसानहरू बढी पीडित बनाएको बताए । उनले यसपटकको उप निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाई सरकारका गलत क्रियाकलापका विरूद्धमा अडिन अपिल गरे ।
उम्मेदवार केशवराज आचार्यले सुशासन स्थापना र नेकपा नेतृत्वको सरकारलाई सही बाटोमा हिडाउन दबाबका लागि काँग्रेसलाई विजयी बनाउन अपिल गरे । उनले आफूलाई विश्वास गर्न आग्रह गर्दै त्यो विश्वास कहिल्यै पनि डगमगाउन नदिने प्रतिबद्धता ब्यक्त गरे ।
पूर्व सांसद गेहेन्द्र गिरीले काँग्रेसको पालामा भएको विकासमा कम्युनिस्टहरूले केही पनि थप गर्न नसकेको भन्दै विकास काँग्रेसबाटै हुने बताए । संविधानसभा सदस्य बुद्धिराम भण्डारीले कम्युनिस्टहरूले झुठो बोलेरै बिगतमा निर्वाचन जितेको बताए ।

दुई काउन्टर सभा छिचोल्दै काँग्रेस प्रवेश

पश्चिम दाङको गंगटेमा नेकपाले कार्यकर्ता रोक्न काउन्टरका रूपमा आयोजना गरेका दुईवटा कार्यक्रमलाई छिचोल्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँगे्रस दाङ ३ (ख) ले पश्चिम दाङको गंगटेमा आयोजना गरेको चुनावी सभामा १० जना भन्दा बढीले नेकपा परित्याग गरी नेपाली काँगे्रसमा प्रवेश गरेका हुन् ।
काँगे्रसले गंगटेमा आयोजना गरेको कार्यक्रमलाई काउन्टर दिनका लागि कार्यक्रम स्थल जाने बाटोमा नेकपाले दुईवटा चुनावी सभाको आयोजना गरेको थियो । नेकपाले आयोजना गरेका कार्यक्रमलाई छलेर पनि पश्चिम दाङको विकट क्षेत्र गंगटेमा काँगे्रसले आयोजना गरेको कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन् ।
केन्द्रमा नेकपाको दुई तिहाइको सरकार र स्थानीय तहमा पनि नेकपाकै सरकार हुँदा पनि आफूहरूले विभिन्न दुःख भोग्नुपरेको भन्दै आफूहरूले काँगे्रसमा प्रवेश गरेको उनीहरूको तर्क थियो । नेकपाले बबई–१ भाङावारी र जौवारीमा आयोजना गरेका दुईवटा काउन्टरलाई छिचोल्दै आफूहरू नेकपामा प्रवेश गरेको भिमबहादुर आलेले बताए । आफूलाई परेको समस्या समाधान गर्छु भन्दै स्थानीयलाई केही नगरेको तर दुःख दिएको उनको भनाइ थियो ।
नेकपाले काँगे्रसको कार्यक्रम हुन थालेको र थुप्रै नेकपाका कार्यकर्ता काँगे्रसमा प्रवेश गर्ने थाहा पाएपछि भोजसहितको आकस्मिक कार्यक्रमको आयोजना गरेको काँगे्रसले र स्थानीयले आरोप लगाएका छन् । नेकपाले भाङावारीमा टेकबहादुर कवरको अध्यक्षतामा र जौवारीमा जयराम विकको अध्यक्षतामा चुनावी सभाको आयोजना गरेको थियो ।
काँगे्रसले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यले यसपटक पश्चिम दाङबासीले आफूलाई साथ दिने विश्वास व्यक्त गरे । पश्चिम दाङमा भएका विकास नेपाली काँगेसले गरेको तर नेकपाले आफूले गरेको भन्दै झुटको खेती गरेकोसमेत आरोप लगाए ।

शान्तिनगरमा नेकपाको चुनावी सभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शान्तिनगरमा चुनावीसभा गरेको छ । शुक्रबार भएको नेकपाको चुनावी सभामा सहभागिता पनि भब्य देखिएको छ । शान्तिनगर गाउँ कमिटीले आयोजना गरेको गाउँसभामा महिलाहरूको सहभागिता धेरै देखिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्काले यो सहभागिताले विश्वास बढाएको बताए । मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी गरिएको नेकपाको शान्तिनगर गाउँपालिका स्तरीय सभालाई अर्थ पूर्णरूपपा हेरिएको छ । सभालाई सम्बोधन गर्न नेकपाका नेताहरू जगप्रसाद शर्मा, दामा शर्मा, राष्ट्रिय सभा सदस्य कोमल वली, प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीलगायतका नेताहरूले सम्वोधन गरेका थिए ।

समाजवादी पार्टीको घरदैलो तथा भेटघाट

मंसिर १४ को उपनिर्वाचनको मिति नजिकिदैँ गर्दा समाजवादी पार्टीले घरदैलो तथा भेटघाट अभियानलाई तिब्र पारेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर ३ को (ख) को शान्तिगर गाउँपालिका, बबई गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिकाका २५ वटा वडामा चुनावी गतिविधिलाई सक्रिय बनाएको हो ।
समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिल्लीबहादुर डाँगीसहित प्रदेश अध्यक्ष अशोक यादव, प्रदेश सदस्य सुरेन्द्र चन्द्र, नगर अध्यक्ष गिरिराज ग्राण्डा, जिल्ला सदस्य आइतराम विक, क्षेत्रीय अध्यक्ष जीवराज पुन, प्रदेश सदस्य एकराज चौधरी, भरतनाथ चौधरीलगायतका नेता तथा कार्यकर्ताले चुनावलाई प्रचार–प्रसार अभियानमा सहभागी रहेको प्रदेश सदस्य टोपबहादुर महतराले जानकारी दिए ।
गाउँमा पुगेका समाजवादी पार्टीलाई जनताले वैकल्पीक शक्तिको रुपमा छनौट गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टीले शुक्रबार बबई गाउँपालिकाको हंसपुर बगाले, टवाङ्खोला, संगुरखाल, खैरबट्टी, पूर्व हापुरे पहाडी ईलाकामा चुनावी प्रचारप्रसार गरेको पार्टीका प्रदेश सदस्य महतराले बताए । समाजवादी पार्टीका उम्मेदवारलाई नागरिकले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकास मागेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here