Wednesday, April 3, 2024
Homeफिचरविद्यार्थीले गरे कृषि फर्मको अवलोकन

विद्यार्थीले गरे कृषि फर्मको अवलोकन

- Advertisement -spot_img

घोराही, ७ मंसिर । वात्स्यायन बोर्डिङ स्कुल नारायणपुरका विद्यार्थीहरूले कृषि फर्मको अवलोकन गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ अर्घुमा रहेको कृषि खेतीको विद्यार्थीहरूले अनुगमन गरेका हुन् ।
पेशा व्यापार र प्रविधि विषय अध्ययन गर्ने कक्षा ८ का विद्यार्थीहरू अर्घुमा रहेको नमूना पर्यावरणीय कृषि फर्मको अवलोकन गरेका थिए । फर्ममा टमाटरको बीउ उत्पादन गर्ने तरिका र बीउ उत्पादन गर्ने प्रविधिको बारेमा अवलोकन गराईएको थियो ।
उक्त अवसरमा फर्मका सञ्चालक पुष्पराज तिवारीले एचआरडी १७ र एचआरडी १ जातिको बीउको मिश्रणबाट सिर्जना नामक टमाटरको हाईब्रेड बीउ उत्पादन गर्ने गरेको जानकारी दिए । दुई बिगाह जग्गामा गरिएको कृषि फर्ममा टमाटरको बीउमात्र उत्पादन हुने गरेको तिवारीले विद्यार्थीहरूलाई जानकारी दिएका थिए ।
८१ लाखको लगानीमा सुरू गरिएको फर्मबाट उत्पादन भएको बीउ पोखरा र सुर्खेतमा पठाउने गरिएको छ । विस २०७२ सालबाट सुरू भएको कृषि फर्मका लागी रिजम परियोजनाले सहयोग गरेको उनले जानकारी दिए । कृषि फर्ममा ६४ वटा टलेलहरू बनाए पनि हाल ३३ वटाबाट उत्पादन गरिरहेको शिक्षक एनवि विकासले जानकारी दिए ।
फर्ममा एक दिनमा आठ घण्टाको समय दिनुपर्ने, पर्याप्त सिंचाई हुनुपर्ने, दैनिक सिंचाई, थोपा सिंचाई गर्नेुपर्ने फर्म सञ्चालकले विद्यार्थीहरूलाई जानकारी दिएका थिए ।
त्यस अवसरमा विद्यार्थीहरूले बीउ उत्पादन, बीउ मिश्रणबाट तयार पारिने हाईब्रेड बीउ उत्पादनको तरिका प्रविधिलगायतका विषयमा जिज्ञासा राखेका थिए । कृषि फर्म अवलोकनबाट कृषि र प्रविधिसम्बन्धी धेरै जानकारी भएको विद्यार्थीहरूले बताएका थिए ।
‘यहाँ आएर कृषी फर्म र बीउ उत्पादनसम्बन्धी धेरै जानकारी भयो’ छात्रा अनुष्का डिसीले भनिन्– ‘बीउ–बीउको मिश्रणबाट हाईब्रेड बीउ उत्पादन हुने नयाँ तरिका थाहा भयो ।’ अवलोकनमा विद्यालयका विषयगत शिक्षक एनवि विकास, शिक्षक राजन लामिछानेको पनि सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here