Thursday, April 11, 2024
Homeफिचरसरकार बलियो काम कमजोरः बोहरा

सरकार बलियो काम कमजोरः बोहरा

- Advertisement -spot_img

तुलसीपुर, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराले सरकार बलियो भएपनि काम कमजोर रहेको बताएका छन् । रिपोर्टर्स क्लव दाङले बिहीबार तुलसीपुरमा गरेको साक्षात्कारमा बरिष्ठ नेता बोहराले दुई तिहाइको बलियो सरकारले काम गर्न नसकेको आरोप लगाए ।
‘बलियो सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न सकेको छैन’ उनले भने– ‘कुरा धेरै गर्ने काम शुन्य देखिएको छ ।’
उनले सरकार भ्रष्टाचारमा लिफ्त भएको र प्रतिपक्षको भूमिका पनि कमजोर रहेको आरोपसमेत लगाए । ‘नेकपाकै नेताले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको सरकारको आलोचना गरेको सुनिएको छ’ उनले भने– ‘यस्तो अवस्थामा पनि प्रतिपक्ष सशक्त बन्न नसक्नुमा दुखद् कुरा हो ।
उनले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा सत्ता र प्रतिपक्षलाई समर्थन गर्ने मतदाताले वैकल्पीक शक्तिको छनोट गर्न सक्नुपर्ने बताए । ‘सत्ता र शक्तिको भोट हाल्ने दिन गए, अब त योग्य र सक्षम उम्मेदवार छनौट गर्न सक्नुपर्छ’ उनले भने– ‘मतदाता सचेत रहनुहोला ।’
पूर्वमन्त्रीसमेत रहेका बोहराले सरकारले दुई तिहाईको उन्माद रहेको भन्दै जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको बताए । उनले राष्ट्रियताको सवालमा पनि बलियो सरकारको भूमिका कमजोर देखिएकोे बताए । ‘भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता गराउन सरकारको भूमिका शून्य छ’ उनले भने– ‘मौन हुनु भनेको भारतलाई समर्थन गरेको जस्तै हो ।’
मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि दाङ आइपुगेका बरिष्ठ नेता बोहराले राष्ट्रियताको सवालमा सरकार कमजोर हुँदा भारत हाबी भएको बताए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देलले सत्ता र प्रतिपक्षको क्रियाकलापप्रति जनता असन्तुष्ट रहेको बताए । उनले जनताले उपनिर्वाचनमा फेरि काँग्रेस र कम्युनिष्ट पार्टीलाई निरन्तरता दिनु भनेको भ्रष्टाचारीलाई संरक्षण गर्नु भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य उम्मेदवार भुपाल रावतले सत्ता र शक्तिको आडमा भन्दा सक्षम र योग्य उम्मेदवार छनौट गर्न आग्रह गरे । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here