- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरगंगटेको उम्मेदवारसँग गुहार

गंगटेको उम्मेदवारसँग गुहार

- Advertisement -spot_img

गंगटे (दाङ),६ मंसिर । दाङको कर्णाली भनेर चिनिने बबई–१ गंगटेबासीले नेपाली काँग्रेससँग विकासका लागि गुहार मागेका छन् । आगामी मंसिर १४ गते हुन लागेको दाङ क्षेत्र नं ३ (ख) उपनिर्वाचनको प्रचारप्रसार क्रममा गंगटे पुगेका नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यसँग आफ्नो गाउँमा विकासको माग गरेका हुन् । स्थानीय सरकार आएको लामो समय भएता पनि सोचेजस्तो विकासको पहलकदमी चाल्न नसकेको भन्दै स्थानीय सरकारको आलोचना गरेका थिए ।
सडक, विद्युत, खानेपानी, स्वास्थ्य, सञ्चारजस्ता विकास पूर्वाधार नभएको भन्दै नेपाली काँग्रेससँग विकासको आशा रहेको मान बहादुर श्रीषले बताए । फोनको सुविधा छैन, खोलाको पानी खानुपर्ने बाध्यता छ श्रीषले भने हामीलाई स्थानीय सरकार आएको र नआएको केही थाहा छैन् ।
नेपाल टेलिकममार्फत ठेक्का टेण्डरमा टावरको काम सुरू भएता पनि वडा अध्यक्षको आह्वानमा बबई १ का सम्पूर्ण स्थानीय जनश्रमदान गर्न बाध्य भएका थिए भने ज्याला मजदुरीको रकम नपाएको उनीहरू बताउँछन् । ठेक्का टेण्डरमा गएको टेलिकमको टावरमा जनश्रमदान गर्न लगाउँदा आफू नगएको स्थानीय बुद्धि विकले बताए । जनश्रमदान नगर्नेले हजार रूपैयाँ जरिवाना तिर्नुपर्छ भनेका थिए तर म गएन, मलाई थाहा थियो हामीले जनश्रमदान गर्ने काम होइन ।
विभिन्न ठाउँमा घरदैलोपछि चुनावीमा परिणत भएको थियो । बबई–१ का उपसभापति पिमलाल केसीको सभापतित्वमा कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यले गंगटेलाई विकासको गतिमा अगाडि बढाउन आफूलाई अगाडि बढाउन आग्रह गरे ।
म कुरा होईन विकास गर्न आतुर छु आचार्य भने हामी कम्युनिष्ट जस्ता होइनौं विकासभन्दा गफ धेरै गर्ने । पश्चिम दाङको विकास नेपाली काँग्रेसबाटै सम्भव रहेको उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले विकासबाट पिछडिएको गंगटेलगायत सबै गाउँलाई विकासको तिब्र गतिमा अगाडि लैजान रूख चिन्हमा भोट हाल्न आग्रह गरे ।
कार्यक्रममम नेपाली काँग्रेस बबई नेता टेक बहादुर वली, कुलबहादुर केसी, दंगीशरण गाउँपालिका पिमा खड्कालगायतले नेपाली काँगेस बाहेक कसैले विकास नगर्ने बताए थिए । कार्यक्रमको सहजीकरण बम कुमारी खड्काले गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here