- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरकार्यान्वयन भयो नयाँ बसभाडा

कार्यान्वयन भयो नयाँ बसभाडा

- Advertisement -spot_img

रोल्पा, ६ मंसिर । शहिदमार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको भाडा समायोजन गरिएको छ । कालोपत्रे भएको एक बर्ष बितिसक्दा समेत बस ब्यवसायीले कच्ची सडकको बसभाडा लिदै आएको समाचार विभिन्न सञ्चारमाध्यममा जनगुनासो आएपछि गत कार्तिक ५ गतेदेखि लागू हुने गरी नयाँ भाडा समायोजन भएको हो ।
सडक कालोपत्रे भएपछि भाडा समायोजन भएको हो । नयाँ भाडादर कायम गरिएपछि अब रोल्पाको होलेरीदेखि घोराहीसम्मको भाडा १ सय ५ रूपैयाँ लाग्ने भएको छ ।
यसअघि सार्वजनिक सवारी साधनमा होलेरीदेखि घोराहीको भाडा १ सय ५५ रहेको थियो । जिल्ला प्रशासन कार्यालय रोल्पाले यातायात ब्यवसायी समितिसँगको छलफलमा नयाँ भाडादर कायम गरिएको हो ।
नयाँ कायम गरिएको बस भाडा बिहीबारदेखि सबै सार्वजनिक यातायातका साधनहरूमा लागू हुने रोल्पास्थित जलजला बस ब्यवसायी समितिका अध्यक्ष तेजविक्रम रावतले जानकारी दिए । ‘नयाँ लागू भएको भाडा बिहीबारबाट सबै सवारी साधनमा लागू गछौँ’ उनले भने– ‘जिल्ला प्रशासन कार्यालयसँग भएको सहमति कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौँ ।’
घोराही–होलेरी सडक कालोपत्रे भएपनि लामो समयदेखि भाडामा समायोजन हुन नसक्दा यात्रुहरू समस्या परेका थिए । बिहीबारदेखि नयाँ भाडादर कायम भएपछि यात्रुहरूलाई राहत मिलेको छ । यसअघि कच्ची सडक हुँदा समस्यामा परेका यात्रुले अब सडक कालोपत्रे भएपछि प्रतिकिलोमिटर ३ रूपैँया ५० पैसा तिर्नुपर्ने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here