- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसरकारले सीमा रक्षा गर्न सकेनः मैनाली

सरकारले सीमा रक्षा गर्न सकेनः मैनाली

- Advertisement -spot_img

तुलसीपुर, ५ मंसिर । नेकपा मालेका महासचिव सिपी मैनालीले सरकारले नेपाली भूमि फिर्ताका लागि कुटनीतिक पहल नगरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव दाङले बुधबार तुलुसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले नेपाली भूमि फिर्ताको भाषण गरेर मात्र नहुने भन्दै भूमि फिर्ताको कुटनीतिक पहल थाल्नुपर्ने बताए ।
‘भारतले नेपाली भूमि मिचेको बारे प्रधानमन्त्री बोलेर मात्र पुग्दैन्, कुटनैतिक पहल थाल्न आवश्यक छ’ उनले भने– ‘खै अहिलेसम्म कुटनीतिक पहल थालेको ? जिम्मेवार निकाय नै चुप रहेपछि कसरी सुरक्षित हुन्छ नेपाली भूमि ?’
सरकारले कामभन्दा कुरा धेरै गर्ने गरेको भन्दै आरोप लगाउँदै उनले काम गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । ‘सरकार काम गर्दैन, कुरामात्र गर्छ, के यही हो समाजवाद ? उनले प्रश्न गरे– ‘कि सरकार ढल्छ भन्ने चिन्ता छ र ?’
भूमि फिर्ताको मुद्दा उठाएर सरकार ढल्ने हो की भन्ने चिन्ता प्रधानमन्त्रीलाई रहेको भन्दै उनले देशको भूमि रक्षामा सरकार गम्भीर हुन नसकेको आरोप लगाए । उनले सिके रावतसँगको सहमति नै देश टुक्र्याउने खेलको शुरुवात भएको बताए ।
‘रावतसँगको सहमतिले दीर्घकालिन रुपमा मधेश अलग हुने लक्षण देखाएको छ’ उनले भने– ‘देश टुक्र्याउन सहमती गर्ने सरकारले कसरी नेपाली भूमि मिचिएको बारेमा गम्भीर बन्न सक्छ ?’
उपनिर्वाचनको पूर्वसन्ध्यामा दाङ आइपुगेका महासचिव मैनालीले अहिलेको उपनिर्वाचन नै सरकारको परीक्षा भएको बताए । ‘उपनिर्वाचनमा हार व्यहोरेर सरकार ढल्ने त होइन तर जनता सरकारले गरेको कामप्रति सन्तुष्टी हुन सकेका छन् कि छैनन् ?
भन्ने नै परीक्षा हुने छ’ उनले भने– ‘उपनिर्वाचनले नै जनताको अभिमत जाँच गर्ने हो ।’ उनले जनताले पनि सरकारको विरोध अरु समयमा गर्ने तर चुनावका समयमा भोट फेरि उसैलाई दिने परिपाटी रहेको भन्दै अब जनता पनि सचेत रहनुपर्ने बताए ।
नेकपा माले पार्टी नै सरकार र प्रतिपक्षको वैकल्पीक पार्टी भएको उनले दाबी गरे । ‘सरकार ढाल्न हामीहरु आएका होइनौँ’ उनले भने–‘सरकारलाई ठेस पु¥याउन आएका हौँ ।’ उनले प्रधानमन्त्रीले कम्युनिष्टहरु मिलेर जाने भन्ने कुरा झुटको खेती भएको बताए ।
‘कम्युनिष्टहरु मिलेर जाने भनेर प्रधानमन्त्रीले भन्नुहुन्छ, यो झुटको खेती नै हो भन्छु’ उनले भने प्रयास नै नथाल्ने तर मिलेर जाने हो भनेरमात्र हुन्छ र ?’ नेकपाले स–सम्मानका साथ आफूहरुलाई बोलाए छलफल गर्न तयार रहेको उनले बताए ।
‘मिलेर जाने छौँ भनेर अहिले नै भन्न सकिने अवस्था त छैन, तर छलफलको टेबलमा बस्न तयार छौँ’ उनले भने– ‘तर स–सम्मान बोलाउनुपर्छ, हामी उहाँहरुले नबोलाउन्जेलसम्म छलफलमा जाँदैनौँ ।’
महासचिव मैनालीले नेकपा माले समानता र समावेशीकरणलाई आत्मसात् गर्दै अघि बढेको बताए । ‘पहिचानका गलत विकल्पलाई नेकपा मालेलाई मान्दैन्’ उनले भने–‘नेकपा माले हिन्दूराष्ट्रको पक्षमा पनि छैन्, धर्मनिरपेक्षको पक्षमा पनि छैन् ।’
उनले संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनिएपनि सरकार क्रिश्चियन धर्मको सापेक्षतामा भएको आरोप लगाए । ‘सरकार क्रिश्चियन धर्मको सापेक्षतामा छ भन्ने त आम नागरिकलाई प्रष्ट भइसकेको छ’ उनले भने– ‘क्रिश्चियनको कार्यक्रममा करोडौँको सम्मानपत्र ग्रहण गर्नुले पनि सरकार क्रिश्चियन धर्मको पक्षमा छ भन्ने प्रष्ट देखिएको छ ।’
उनले सरकारले नेपाल समाजवादतर्फ उन्मूख भएको भन्नु हाँस्यास्पद भएको बताए । ‘राजालाई फालेर गणतन्त्र ल्याएर समाजवाद आइसक्यो भन्नु नै गलत हो’ उनले भने– ‘बरु सामन्तवाद कमजोर भएको छ भन्न सकिन्छ तर सकिएको छैन्, समाजवाद आउने त कहिले हो कहिले ?’
देशमा अहिले पनि बेरोजगारको समस्या अन्त्य हुन नसकेको भन्दै उनले अब राष्ट्रिय पुँजीलाई परिचालन गरी व्यवसाय खोल्न सक्नुपर्ने बताए ।
‘सरकारले लघु, साना र घरेलु उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ’ उनले भने– ‘व्यवसायको प्रवद्र्धन हुन सकेमात्रै नागरिकले परिवर्तनको अनुभूति गर्न पाउने छन् ।’ रिपोर्टर्स क्लवका दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here