- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबालविवाह सामाजिक विकृति

बालविवाह सामाजिक विकृति

- Advertisement -spot_img

तुलसीपुर, ५ मंसिर । तुलसीपुरका स्कुले बालबालिकाले बालविवाहलाई निरूत्साहित गर्न आग्रह गरेका छन् । उनीहरूले अभिभावकमा बालबिबाहको बारेमा चेतना नहुँदा धार्मिक विश्वासले बालविबाह गराउँदै आएको भन्दै यो कार्य रोकिनुपर्ने उनीहरूको तर्क छ ।
सेन्टर माविमा कक्षा १० मा अध्ययनरत कृतिका खनालले बालविवाह रोक्नु पर्ने बताइन् । उनले समाजले बालबालिकाहरूलाई पुण्य कमाउने मार्गका रूपमा प्रयोग गर्दै लैजानुपर्ने समेत बताइन् ।
सानो उमेरमै विवाह गरिदिए बालबालिकाको अधिकार हनन् हुन्छ भन्ने चेतना पनि अभिभावकलाई दिनुपर्ने बताइन् । सचेतनाकै अभावले अझैपनि पुण्य कमाउने बहानामा बालविवाह हुने गरेको उनको भनाइ छ ।
‘पछिल्लो समय हामी स–साना बालबालिकाहरू संस्कारको नाममा आफ्ना अधिकारबाट वञ्चित हुनुपरेको छ, यस्तै हुँदै गयो भने देशको समृद्धि कसरी हुन्छ ? उनले भनिन्– ‘यसर्थ अब सबै बालअधिकारको सुनिश्चित र बालविवाह अन्त्यको लागि आवाज उठाउन आवश्यक छ ।
‘यस्तै महेन्द्र मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी रविन गौतमले गरिबीका कारण बालबालिकाहरू आफ्नो अधिकारबाट बञ्चित हुनुपरेको बताए । ‘सानैमा विहे गरिदिए खर्च कम हुने र पढाउनु नपर्ने मानसिकताका कारण अहिले पनि बालविवाह बढ्दो अवस्थामा रहेको छ’ उनले भने ‘पछिल्लो समय ठूलाबडाहरूले नै आफ्ना छोराछोरीको बालविवाह गराईदिने गरेका छन् ।

उनले भने– ‘जसका कारण अहिले गरिबी, बेरोजगारी मात्र होइन महिला हिंसा पनि बढ्दै गएको छ ।’ विशेषगरी पारिवारीक शिक्षाको अभाव, बेरोजगारीका कारण अभिभावकहरू आफ्ना बालबालिकाहरूको कलिलो उमेरमै विवाह गराईदिने गरेको भन्दै उनले यस्ता घटनाहरू हुन नदिने सबै सक्रिय भएर लाग्नुपर्ने बताउँछन् ।
बुधबार अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको समन्वयमा सञ्चालन भएको बालविवाहको अवस्था,
कारण, असर र न्यूनीकरणका उपायहरू विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा सहभागीहरूले बालविवाह रोक्नु पर्ने बताएका हुन् ।
कम उमेरमा विवाह गर्दा किशोरीहरू दुव्र्यवहारमा पर्ने, शारीरिक समस्या, दीर्घकालिन रोगहरू, क्यान्सर, पाठेघरको समस्याहरू देखिनुका साथै प्रजनन् स्वास्थ्यमा विकराल समस्याहरू आउने भएकाले बालविवाहको अन्त्य गरिनुपर्ने कुरामा उनीहरूले जोड दिएका छन् ।
संस्कार र संस्कृतिको नाममा विकृति फैलिरहेको बताउँदै उनले देश र समृद्धिको कारक बन्दै गएकाले बालविवाहको अन्त्य गरिनुपर्ने बताए ।
नेपालको संविधानले बालबालिकाहरूलाई २० वर्ष पूरा नगरी गरेको विवाह बालविवाह भनेको भएपनि अप्रत्यक्ष रूपमा बालविवाह हुँदै आएको उनीहरू बताउँछन् ।
बालविवाह गराउँदैमा समस्या समाधान नहुँने भन्दै उनीहरूले यसका लागि प्रचारप्रसार, जनचेतनामूलक कार्यक्रम, नैतिक शिक्षा, धर्म र संस्कारका विषयमा अभिभावकहरूलाई सचेतना दिन मागसमेत गरे ।
तुलसीपुर उपमहानगरकी उपप्रमुख माया शर्माले अझै पनि थुप्रै बालबालिकाहरू बालविवाहको चपेटामा पर्दै आएको बताइन् । बढ्दो बालविवाहलाई रोक्नका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भएपनि जनचेतनाको अभावका कारण बालविवाह हुने गरेको उनले बताईन् । उमेर लुकाएर, छलकपट गरेर बालबालिकाहरूको विवाह गराउने गरेकाले अबदेखि नयाँ कार्यनीति लिएर यस्ता क्रियाकलापहरू रोक्ने बताईन् ।
सामाजिक विकास समिति संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका १७ वटा विद्यालयहरू बीच वक्तृत्वकला भएको थियो । यसैबीच उक्त प्रतियोगितामा मावि कालाखोलामा अध्ययनरत कृतिका खनाल प्रथम भएकी छन् । यस्तै मावि बालापुरका हिरालाल वली द्वितीय भएका छन् ।
त्यसैगरी जनश्रम माविका लक्ष्मण वली र मावि सेन्टरका महेश भण्डारी तृतीय भएका छन् भने सरस्वती माविकी ममता वली सान्त्वना भएकी छन् । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here