- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरविद्यालयलाई स्यानेटरी प्याड

विद्यालयलाई स्यानेटरी प्याड

- Advertisement -spot_img

सल्यान, ५ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा वितरण गरेको छ । गाउँपालिकाले विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत आर्थिक वर्षमा विद्यालयमा छात्राविश्राम कक्षको व्यवस्था गरे यता गाउँपालिकाले हालसम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो ।
विद्यालयमा छात्रा अनुपस्थित दरमा कमी ल्याउन यो कार्यक्रम प्रभावकारी भएको र यसलाई निरन्तरता दिनको लागि विद्यालयको आवश्यकता अनुसार स्यानेटरी प्याड वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिए ।
सुरु–सुरुमा छात्राहरुले प्याड मागेर प्रयोग गर्न केही असजिलो मानेपनि आजभोली महिनाबारीको बारेमा छात्राहरु खुलेर कुरा गर्न सक्नेसम्मको हुनुका साथै आफू चाहिएको बेला प्याड माग्ने गरेको विद्यालयहरुका प्रअहरु बताउँछन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका शिक्षक दामोदर शर्माले स्थानीय सरकारले निःशुल्क प्याड वितरणमा मात्रै भन्दा पनि प्याड निर्माण गर्नसमेत सिकाउनुपर्ने धारणा राखे । उनले भने ‘यस्तो अवस्थामा किशोरीहरुलाई प्याड निर्माणको लागि पनि कार्यक्रम बनाउनुपर्छ ।’
यस्तै कालिका मावि कपुरकोटका प्रअ चुडामणि केसीले आधारभूत तहका विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई पनि प्याड उपलब्धमा जोड दिन्छन् । कार्यक्रमले जुन उद्देश्य लिएको छ, त्यो पूरा हुन नसक्ने भएकाले सम्बन्धित विद्यालयहरुलाई यस विषयमा जिम्मेवारपूर्वक व्यवस्थापनको पाटोमा काम गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here