Thursday, March 28, 2024
Homeमुख्य खबर‘कम्युनिस्टको झुटसँग नझुक्किनुस्’

‘कम्युनिस्टको झुटसँग नझुक्किनुस्’

- Advertisement -spot_img

तुलसीपुर, ५ मंसिर । नेपाली काँग्रेसका नेताहरूले कम्युनिस्टको झुटको खेतीबाट बच्न पश्चिम दाङबासीहरूमा आह्वान गरेका छन् । प्रदेश नम्बर ५ अन्तर्गतका जिल्लाका पार्टी सभापतिहरूसहित दंगीशरण–६ थपगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने काँग्रेस नेताहरूले फेरि कम्युनिस्टहरूले भ्रम र झुटको खेती शुरू गरेको भन्दै सजक हुन आग्रह गरेका छन ।
यसपटक नझुक्किन मतदाताहरूलाई अपिल गरेका हुन् । कार्यक्रमलाई केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्रराज कँडेल, काँग्रेस पाल्पा सभापति तथा सांसद वीरबहादुर राना, रोल्पा सभापति अमरसिंह पुन, बाँके सभापति किरण कोइराला, प्यूठान सभापति अमर भण्डारी, गुल्मी सभापति भुवन श्रेष्ठ, रूपन्देही सभापति अब्दुल रज्जाक, नवलपरासी सभापति अर्जुन पोख्रेल, काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगी,
महाधिवेशन प्रतिनिधि चेत बहादुर सेर्पाइली, स्थानीय नेताहरू बालाराम डाँगी, मोहन चौधरी, पदमा चौधरीलगायतले बोलेका थिए । साविक श्रीगाउँ इकाई उपसभापति दुर्गा बोहराको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चुडामणि ढकालले गरेका थिए । कार्यक्रममा थारू संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न पार्टी परित्याग गरी ३२ जना काँग्रेसमा प्रवेश गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here